झापाबाट जापान अध्ययन तथा रोजगारीका लागि जाने युवाको संख्या बढ्दै गएपछि “डेस्टिनी करियर एजुकेशन प्रालि” ले बिर्तामोडमा आफ्नो पहिलो शाखा स्थापना गरेको छ। काठमाडौंको सामाखुशीमा मुख्य कार्यालय रहेको उक्त कन्सल्टेन्सीले सेवा विस्तार गर्दै झापामा शाखा सञ्चालनमा ल्याएको जनाएको हो।

कम्पनीका सञ्चालक सुजन श्रेष्ठका अनुसार स्थापना भएको तीन वर्षमै कन्सल्टेन्सीले १५० जना विद्यार्थीलाई जापान पठाइसकेको छ। उनले आफ्नो संस्थाबाट गएका सबै विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको दाबी गर्दै १०० प्रतिशत सफलता हासिल भएको बताए।

कन्सल्टेन्सीले जापानका विभिन्न शहरमा आफ्नै रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ, जहाँबाट जाने विद्यार्थीलाई आंशिक रोजगारीको व्यवस्था गरिने जानकारी दिइएको छ। साथै टोकियो, नागोया र फुजीमा समेत रेष्टुरेन्ट विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ।

बिर्तामोड शाखाका प्रमुख प्रकाश बानियाँका अनुसार चैत १५ गतेदेखि दक्ष प्रशिक्षकमार्फत कक्षा सञ्चालन गरिनेछ र त्यसका लागि विद्यार्थी नाम दर्ता प्रक्रिया सुरु भइसकेको छ।

 जनहितमा जारी

शाखा उद्घाटन कार्यक्रममा कम्पनीका सल्लाहकार रोशन अधिकारी, सञ्चालक श्रीकृष्ण श्रेष्ठ तथा सुशील डंगोललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शाखा सञ्चालक तिलक योञ्जनले गरेका थिए।