वीरता जेसीजको आयोजनामा संस्थाको अक्षयकोष सुदृढ गर्ने उद्देश्यले कोष वृद्धि कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी राजेन्द्र चम्लागाईंको कार्यवाहक अध्यक्ष जेसी प्रज्वल बिमलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लागाईंले संस्थाको दीर्घकालीन विकास र स्थायित्वका लागि अक्षयकोषको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यस्ता कोष वृद्धि कार्यक्रमले संस्थालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमकै अवसरमा वीरता जेसीजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर वीरता जेसीज अक्षयकोषमा महत्वपूर्ण आर्थिक सहयोग प्रदान गर्नुभएको मा दाता वसन्त ढकाल को उच्च प्रसम्सा गर्नु भयो । उहाँको यस योगदानप्रति कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरूले आभार व्यक्त गरेका थिए।

b48b820d-58c7-4f7f-a57d-e7b03b8377a8

कार्यक्रममा सहभागी वक्ताहरूले यस्ता कोष वृद्धि अभियानले वीरता जेसीजको सामाजिक तथा विकासात्मक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए। साथै, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रम को सम्योजक जेसी कृष्ण अग्रवालको स्वागत तथा कार्यक्रम सञ्चालन महासचिव जेसी सुबाश तिखत्रीले गर्नुभएको थियो।