बिर्तामोड, १० चैत : झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा घटना दर्ता, सामाजिक सुरक्षा, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ।


वडाभित्र रहेका ३६ वटा टोल विकास संस्थालाई तालिका बनाएर नागरिकता, घटना दर्ता, सामाजिक सुरक्षा, लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेको वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनुभयो।

3329b58f-51e8-49ac-8731-f6faf828a107आज आयोजित कार्यक्रममा घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी विषयमा बिर्तामोड नगरपालिकाका अधिकृत विमल पोख्रेलले प्रशिक्षण दिनुभयो भने लागूपदार्थ दुर्व्यसन तथा साइबर अपराध सम्बन्धी विषयमा इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडका प्रहरी सहायक उप-निरीक्षक प्रदीप आले मगरले प्रशिक्षण दिनुभएको थियो।

 जनहितमा जारी

विशेषगरी पञ्जिका सम्बन्धी नीतिगत विषय तथा लागूपदार्थ दुर्व्यसन र साइबर अपराधले समाजमा पारेको प्रभावबारे सचेतना अभिवृद्धि गर्न वडा कार्यालयले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको वडा सचिव जानुका बस्नेतले जानकारी दिनुभयो।

eef4c5d9-3beb-4bc9-ad29-d9ace47273c1

आज ८ वटा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रम अझै केही दिनसम्म सञ्चालन हुने जनाइएको छ।