काठमाडौँ — बालेन्द्र शाह नेतृत्वमा गठित नयाँ सरकारले २३ र २४ भदौका घटनाबारे गौरीबहादुर कार्की को अध्यक्षतामा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री नियुक्तिपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रतिवेदनका सिफारिसहरूलाई प्राथमिकताका साथ लागू गर्ने सहमति जनाएको हो।

बैठकले सुरक्षा निकायसँग सम्बन्धित विषयमा थप अध्ययन गर्न विशेष समिति गठन गर्ने निर्णय गरेको छ।

उक्त समितिले पेश गर्ने सुझावका आधारमा आवश्यक कदम चालिने बताइएको छ भने अन्य सिफारिसहरू भने तत्काल लागू गरिनेछन्।

 जनहितमा जारी

यसैगरी, मन्त्रिपरिषद्‌ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्ता तोकेको छ। प्रवक्ता पोखरेलका अनुसार जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णयसमेत गरिएको छ।