काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन् ।

उनले फेसबुकमा एक पोष्ट गर्दै कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही भएको दाबी गर्दै प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय फिर्ता लिनसमेत माग गरेका छन् ।

"कार्की आयोगको पूर्वाग्रही प्रतिवेदन खारेज गर !" उनले लेखेका छन्, "मन्त्रिपरिषद्को प्रतिशोधपूर्ण निर्णय फिर्ता गर  !"