काठमाडौँ । प्रधानमन्त्री बालेनले पहिलो मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरूलाई स्पष्ट सन्देश दिएका छन्। उनले काम गर्न नसक्ने भए राजीनामा दिने र सक्षम व्यक्तिलाई अवसर दिने निर्देशन दिएका छन्।

साथै उनले मन्त्रीहरूलाई अब्बल र सक्षम टोली भएको भन्दै प्रशंसा गरेका छन् र जनसेवा तथा नागरिक सर्वोच्चतालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।

कानुनी अड्चन देखाएर काम रोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

प्रधानमन्त्रीले बैठकको अन्त्यमा भने, “नेपाल हाँसेको हेर्न चाहन्छु,” जसले सरकारको तीव्रगतिमा काम गर्ने संकेत दिएको छ।