झापा — नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको सन्दर्भमा सोमबार झापाको काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सुदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ।

657327889_1592453738910864_4264151911076473242_n

नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना तथा मेचीनगर नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा महासंघका कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्काले उद्घाटन गरे।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारी, कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीलगायतले पत्रकारिताको शुद्धीकरण र सुदृढीकरणमा जोड दिएका थिए।

660444777_1592453768910861_4231991165902401814_nसोही क्रममा ११ बुँदे ‘झापा संकल्प–पत्र २०८२’ पारित गरिएको छ।

वृत्ति पाउनेमा गोविन्द चन्द क्षेत्री, केशव आचार्य, चिन्तामणि दाहाल, चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लक्ष्मण ढकाल, शिरो सान्दाई, विष्णुकुमार भट्टराई, चुडामणि वशिष्ठ, लेखनाथ परदेशी, लीला बराल, गोपाल गिरी र लक्ष्मी लुइँटेल रहेका छन्।

5555555578999

महासंघद्वारा स्थापित पत्रकार सहारा उपचार कोषबाट ६५ देखि ७५ वर्ष उमेर समूहका पत्रकारलाई वार्षिक १५ हजार र सोभन्दा माथिका पत्रकारलाई २० हजार रुपैयाँ औषधोपचार खर्च उपलब्ध गराइँदै आएको जनाइएको छ।

01 8

सोही अवसरमा हर्नियाको शल्यक्रिया गराएका ज्येष्ठ पत्रकार लक्ष्मी लुइँटेललाई २५ हजार रुपैयाँ उपचार सहयोग पनि प्रदान गरिएको थियो।

4578888888कार्यक्रमको दोस्रो सत्रमा विषयकेन्द्रित अन्तरक्रिया गरिएको थियो। पूर्व अध्यक्ष मोहन काजीको संयोजकत्वमा गठित समितिले तयार पारेको संकल्प–पत्र सहभागीका सुझावका आधारमा संशोधनसहित पारित गरिएको हो।

अन्तरक्रियामा पत्रकार तथा सञ्चारकर्मीहरूले पत्रकारिताको स्वच्छता, व्यावसायिकता र उत्तरदायित्व अभिवृद्धिका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रम काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा सम्पन्न भएको थियो।