बिर्तामोड, झापा —बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष मेघराज बास्तोलाको अध्यक्षतामा आज (सोमवार) संस्थाको कार्यालयमा भएको कार्यक्रममा जिल्ला खानेपानी कार्यालय झापाका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

सोही कार्यक्रमका बिच उत्कृष्ट कर्मचारीका रुपमा संस्थाका कर्मचारी पदमबहादुर गुरुङ नगद १० हजार रुपैयाँसहित सम्मानीत भएका छन् भने संस्थाको जेष्ठ सदस्यका रुपमा डिल्लीराम बस्नेत र चन्द्रमाया बिक नगदसहित सम्मानीत भएका छन् । उनीहरुलाई प्रमुख अतिथि भट्टराई, सल्लाहकार, अध्यक्षलगायतले सम्मान गरेका हुन् ।

657527730_1555702696558163_3590875223500973971_nसाधारणसभामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी पदमबहादुर गुरुङलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको छ।

साथै ज्येष्ठ सदस्य डिल्लीराम बस्नेत र चन्द्रमाया बिकलाई पनि नगदसहित सम्मान प्रदान गरिएको छ।

अध्यक्ष बास्तोलालले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन अनुसार हाल संस्थामा तीन वटा ओभरहेड ट्याङ्की, १६ वटा डिप बोरिङ, १० वटा फिल्टर प्लाण्ट र ११ हजार उपभोक्ता रहेका छन् ।

658117103_1555702736558159_8714690177229205445_nअध्यक्ष बास्तोलाले संस्थाले स्थापना कालदेखि हालसम्म बिभिन्न कठिनाई र चुनौतीका बिच पनि सकेसम्म समस्याको समाधान गर्दै आइरहेको बताए । उनले संस्थाले गरेका १४ बुँदे कार्ययोजना, ६ बुँदे समस्या तथा चुनौती र २३ बुँदे भावी योजनासमेत प्रस्तुत गरेका छन् ।

स्वागत संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौंलालले गरेको कार्यक्रमको सञ्चालन सचिव पारसमणि मैनालीले गरेका थिए । कोषाध्यक्षको आर्थिक प्रतिवेदन कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गरेको कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक बिष्णुप्रसाद चुडालले प्रस्तुत गरेका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कुनैपनि संस्थाको मेरुदण्ड भनेकै कर्मचारी भएको बताए ।

660169944_1555702606558172_5153640327591349355_n
आफु नेतृत्वमा हुँदा सन् २०१८ र सन् २०२२ मा बिर्तामोड खानेपानी संस्था उत्कृष्ट भएको र त्यो कर्मचारीकै कारण भएको बताए । कोभिड १९ महामारीमा कर्मचारीले आफ्नो ज्यानको प्रर्वाह नगरी संस्थाप्रति जिम्मेवारी कर्तब्य पूरा गरेकै कारण पनि संस्था उत्कृष्ट भएको भन्दै कर्मचारीको प्रशंसा गरे ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई, संस्थाका निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष गुरुङ, संस्थाका सल्लाहकार लोकबन्धु कन्दङ्वा, राजकुमार पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सभापति दीपक दाहाल, नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमलीलगायतले शुभकामना राखेका थिए ।
659056458_1555702839891482_6679892442902947215_n
कार्यक्रममा संस्थाका सल्लाहकार बालकृष्ण गिरी, मदनगोपाल सुब्बा, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई, नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा बिर्तामोड उद्योग बाणिज्य संघका बिशिष्ठ सदस्य निर्मल भट्टराई, कमर्स अफ चेम्बरका केन्द्रिय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण बिमलीसहित बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, उपभोक्ताहरुको उल्लेखीय उपस्थिति रहेको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए ।

आर्थिक प्रतिवेदन कोषाध्यक्ष शारदा रिजाल र लेखा प्रतिवेदन संयोजक विष्णुप्रसाद चुडालले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा निवर्तमान अध्यक्ष जलकुमार गुरुङले संस्थाको सफलतामा कर्मचारीको भूमिका निर्णायक रहेको उल्लेख गर्नुभयो।