बिर्तामोड । झापाली सहकारीकर्मीलाई उत्प्रेरणात्मक कार्यक्रममा सहभागी गराउँदै ६९ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । सो अवसरमा उत्कृष्ट सहकारी, व्यवस्थापक र पत्रकारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सहकारी संस्था तथा व्यक्तिहरूलाई नगदसहित सम्मान गरिएको छ। बचत तथा ऋणतर्फ दमकको डाँफे साकोस, कृषितर्फ लखनपुर साना किसान, बहुउद्देश्यीयतर्फ जुरोपानी सहकारी, बचत कारोबारतर्फ गौरवशाली साकोस र कर्जा कारोबारतर्फ ऋद्धिसिद्धि महिला कृषि सहकारीलाई पुरस्कृत गरिएको हो।
६९औँ राष्ट्रिय सहकारी दिवस उत्साहका साथ मनाइँदा सहकारी क्षेत्र सुधार, पारदर्शिता र जिम्मेवार सञ्चालनको सन्देश प्रमुख रूपमा उठाइएको छ।
त्यस्तै, सञ्चार क्षेत्रबाट पुष्प खड्का उत्कृष्ट सञ्चारकर्मी घोषित हुँदै सम्मानित भए। महिला व्यवस्थापकतर्फ उमा राई र अनिता गुरागाईं तथा पुरुषतर्फ मोहन अधिकारीलगायतलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा अम्बरबहादुर विष्टले सहकारीमा बढ्दो अनियमितता र सदस्यको बचत दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै सचेत र जिम्मेवार ढंगले सहकारी सञ्चालन गर्न आग्रह गरे।
आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उत्प्रेरक सौनभ भट्टले जिल्लाका ८ सय बढि सहकारीकर्मीहरुलाई उत्प्रेरणा प्रदान गरेका हुन् । २ घण्टा सहजीकरण गरेका भट्टले सहभागीहरुलाई विभिन्न अभ्यास समेत गराएका थिए ।
उत्प्रेरक भट्टले नेतृत्वशैली, चुनौतिपूर्ण कामहरुको अगुवाई, प्रयास, नयाँ कामको थालनी, हिम्मत, समय, सहकार्य, आफूलाई कसरी बदल्ने लगायतका विषयहरुमा सहजीकरण गरेका थिए ।
उनको सहजीकरणपछि सहभागीहरुले एक कदम अगाडि भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोही कार्यक्रममा आयोजक झापा जिल्ला सहकारी संघले उत्कृष्ट बचत तथा ऋण तर्फ दमकको डाँफे बचत तथा ऋण सहकारी संस्था लि. लाई पुरस्कृत गरेको छ ।
यस्तै, उत्कृष्ट कृषि सहकारीमा लखनपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड कमल, उत्कृष्ट बहुउद्देश्यीय सहकारीमा जुरोपानी बहुउद्देश्यीय सहकारी संस्था गौरादह, उत्कृष्ट बचत कारोवार गर्ने गौरवशाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड, उत्कृष्ट कर्जा कारोवारमा ऋद्विसिद्धी महिला कृषि सहकारी संस्था लि.अर्जुनधारालाई जनही १० हजार ५ सय ५५ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ ।
जिल्ला संघका अध्यक्ष प्रेम कुमार कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी क्षेत्रका अगुवा, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष दुर्गा सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव भानु दंगालले गरेका थिए ।














