झापाको बिर्तामोडस्थित डा.प्रियन्काज क्लिनिकले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

क्लिनिककी प्रवन्ध निर्देशक डा.प्रियन्का कटवालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वास्थ्य, सञ्चार तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

IMG_0545

कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य व्यक्त गर्दै डा.प्रियन्का कटवालले छोटो अवधिमै क्लिनिकले स्थानीय स्तरमा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको बताइन्।

उनले आगामी दिनमा सेवा अझ प्रभावकारी र सर्वसुलभ बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन्।

अवसरमा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्का, रेडियो बिराटकी प्रवन्ध निर्देशक लीला अनमोल तथा मेची–महाकाली क्यान्सरपीडित साइकल यात्री नमिता वस्नेतलाई विशेष सम्मान गरिएको थियो।


IMG_0551

उनीहरूलाई प्रदान गरिएको सम्मानपत्र डा.पुष्पक रेग्मीले वाचन गरेका थिए। सम्मानित व्यक्तित्वहरूले आफ्नो क्षेत्रबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, क्लिनिकको विकास र सञ्चालनमा योगदान पुर्‍याउँदै आएका कर्मचारीहरू तारा लिम्बू, गीता लिम्बू, अपना तामाङ र कल्पना लिम्बूलाई कदरपत्र प्रदान गरिएको थियो।


अन्य कर्मचारीहरूलाई समेत मायाको चिनो प्रदान गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो।

कार्यक्रममा एडभान्स पेन स्पेसलिस्ट क्लिनिककी डा.निरु नेपाल, प्रहरी उपरीक्षक बशुन्धरा खड्का, सञ्चारकर्मी लीला अनमोल तथा सामाजिक अभियन्ता नमिता वस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै क्लिनिकले स्वास्थ्य क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

वक्ताहरूले निजी स्वास्थ्य संस्थाहरूले गुणस्तरीय सेवा प्रदान गर्दै समाजप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।

सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएको उक्त अवसरमा क्रिसला खतिवडा, चन्द्रकला चौहान, बिमला राजवंशी र खुशी खत्रीले सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। उपस्थित अतिथिहरूले प्रस्तुतिहरूको प्रशंसा गरेका थिए।

कार्यक्रमको सञ्चालन पलाक्षी रेग्मीले सहजीकरण गरेकी थिइन्। कार्यक्रममा स्थानीय समाजसेवी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।