बिर्तामोड । धर्मेन्द्र मामा, नेपाल राष्ट्रिय शिक्षक संगठन झापा जिल्ला समितिले आफ्नो ४५ औं परिषद् बैठक तथा शिक्षक सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

संगठनको जिल्ला कार्यालय बिर्तामोडमा आयोजित उक्त समारोह संगठनका केन्द्रीय महासचिव प्रकाश खनालको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष लम्बोदर पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

समारोहमा सांगठनिक प्रतिवेदन जिल्ला सचिव उमनाथ भण्डारीले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको प्रतिवेदन र महिला विभागको प्रतिवेदन विभाग संयोजक तीर्था कोइरालाले प्रस्तुत गर्नुभएको थियो। परिषद् बैठकले प्रस्तुत तिनैवटा प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ।

ca9534ab-f75a-4b9e-8020-4603fd6c85c7

 जनहितमा जारी

सोही अवसरमा शैक्षिक तथा सांगठनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पाँच जना शिक्षकहरूलाई क्षेत्रगत रुपमा अभिनन्दन गरिएको छ। अभिनन्दित हुनेहरूमा सोमनाथ पौडेल (शान्ति आदर्श मावि, शान्तिनगर), लेखनाथ सुवेदी (दुर्गा मावि, बिर्तामोड), बेनुप्रसाद कार्की (बालसेवा आधारभूत विद्यालय, शिवसत्ताक्षी), टिकाराम गुरुङ (जनता मावि, कचनकवल) र मोहन बगाले (मङ्गलमय मावि, कमल) रहनुभएको छ। यसैगरी यज्ञ प्रसाद सिटौला, जनार्दन पोखरेल र खगेन्द्र सुवेदीलाई विशेष सम्मानद्वारा विभूषित गरिएको छ।

कार्यक्रममा झापाका १५ वटै पालिकाबाट सिफारिस भएका २३ जना शिक्षकलाई कदरपत्र र सेवा निवृत्त हुनुभएका ५६ जना शिक्षकलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको छ। सांगठनिक क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने मेचीनगर, दमक र कन्काई पालिका समितिलाई समेत उत्कृष्ट घोषणा गर्दै सम्मान गरिएको छ।

d39d120c-4209-4945-af82-65c1784ffba2

प्रमुख अतिथि प्रकाश खनाल, अभिनन्दित शिक्षकका तर्फबाट भीमबहादुर कार्की लगायतले मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरू द्रोणबहादुर श्रेष्ठ, तारा विश्वकर्मा, नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई, शिक्षक हित साकोसका अध्यक्ष हरि तिम्सिना र पूर्व अध्यक्षहरू नारायण प्रसाद गौतम एवं कृष्ण अधिकारीसहित २०० भन्दा बढी शिक्षकहरूको सहभागिता रहेको थियो। जिल्ला उपाध्यक्ष नवीन ढुङ्गानाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव उमनाथ भण्डारीले गर्नुभएको थियो।