झापा — बुद्धशान्ति गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय बर्नेमा आज सम्पन्न अभिभावक भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

भेलाबाट पवन ढकाल सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ। समितिका सदस्यहरूमा शन्तोष शेर्मा (अमर), सरिता किसान, सिमा परियार, राजकुमारी लिम्बू र उर्मिला ढुङ्गेल रहनुभएको छ।

वडा प्रतिनिधिको रूपमा शेरबहादुर राय रहनुभएको छ भने सदस्य सचिवमा प्रधानाध्यापक टंकनाथ घिमिरे र शिक्षक प्रतिनिधिमा राज अर्याल चयन हुनुभएको छ।


666004630_1599746294848275_8036264122950978948_nकार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाकी प्रतिनिधि झलका भट्टराई, वडा नं. ४ का अध्यक्ष शेरबहादुर राय, कार्यपालिका सदस्य दुर्गा पोख्रेल ढुङ्गेल, पूर्व अध्यक्षहरू नरेन्द्र कुमार भुर्तेल, शिक्षक–अभिभावक संघका अध्यक्ष महानन्द गौतम लगायतको उपस्थिति रहेको थियो। साथै मानबहादुर मगर, रुद्र भण्डारी, धर्म घिमिरे, ज्ञानबहादुर मगर, बुद्धवीर गुरुङ सहित अभिभावक, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको थियो।

667323998_1599745781514993_1885726915505685574_n

कार्यक्रममा शिक्षा शाखाका अधिकृत झलका भट्टराई, वडाध्यक्ष शेरबहादुर राय, निवर्तमान अध्यक्ष नरेन्द्र कुमार भुर्तेल तथा प्रधानाध्यापक टंकनाथ घिमिरेले विद्यालयका गतिविधि, कार्यक्रमको औचित्य तथा आगामी योजनाबारे जानकारी दिँदै नवगठित समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।

शिक्षक प्रतिनिधि राज अर्यालद्वारा सञ्चालित उक्त कार्यक्रममा हाडियाचुली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन लिम्बू, समाजसेवीहरू रामबहादुर महत, सन्देश पौडेल, पदम आचार्य, गोविन्द ढुङ्गेल, मदन मगर, दुर्गा ढुङ्गेल, देवी अधिकारी, फक्तालुङ सावा, रुद्र न्यौपाने, तिला अर्याल लगायतको पनि उपस्थिति रहेको थियो।