बिर्तामोड नगरपालिकाले बजार क्षेत्रमा सडक पेटी खाली गराउने अभियान पुनः सुरु गरेको छ । नगर प्रहरीको टोलीले आज कृषिथोक रोडका केही क्षेत्रमा फुटपाथ खाली गराएको हो।

नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै व्यवसायीलाई सटर बाहिर सडक पेटीमा सामग्री नराख्न आग्रह गर्दै आएको थियो। पैदलयात्रु तथा सवारी आवागमनमा अवरोध हुने गरी व्यापारीले फुटपाथ प्रयोग गर्न थालेपछि पुनः ‘फुटपाथ क्लियर’ अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।


2abe882b-d2a9-418a-85c8-210ecaa66db4नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाका अनुसार गत वर्षदेखि नै सुरु गरिएको अभियानलाई निरन्तरता दिइएको हो। उहाँले भोलिदेखि आवश्यक सबै क्षेत्रमा जनप्रतिनिधिको नेतृत्वमा सडक पेटी खाली गराइने जानकारी दिनुभयो।

कृषिथोक रोड क्षेत्रमा पछिल्लो तीन दिनदेखि माइकिङमार्फत सचेत गराउँदा पनि अटेरी गरेपछि सामान जफत गर्न थालिएको नगर प्रहरीका सह–इन्चार्ज टंक तिम्सिनाले बताउनुभयो।


कृषिथोक क्षेत्रको सडकपेटीमा सामाग्री राखेर बिक्री वितरण गर्दै आएकोकारण पैदल यात्रुलाई असहज भएको सर्वसाधारणको गुनासो थियो ।