बिर्तामोड ।  पवन ढकालसाहित्य चौतारी बिर्तामोडद्वारा आयोजित सम्मान तथा अभिनन्दन कार्यक्रम—२०८२ लाई बिदाइ गर्दै नव वर्ष २०८३ लाई स्वागत गर्ने उद्देश्यसहित भव्य एवं सभ्य समारोह सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष एवं संरक्षक देवीभक्त श्रेष्ठको अध्यक्षता, प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य तथा प्राज्ञ हरिप्रसाद पौडेलको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान तथा अभिनन्दन गरिएको थियो।


669221564_1602070347949203_4340319788583979046_n

कोशी प्रदेशका दुई जना र असाम (भारत)का एक जना सर्जक तथा उहाँहरूलाई साहित्य लेखनमा प्रेरित गर्ने उहाँहरूकै धर्मपत्नी सहित जम्मा ६ जनालाई अभिनन्दन गरिएको हो।

अभिनन्दित हुनेहरूमा प्राध्यापक डा. भीमप्रसाद खतिवडा र बेनु काफ्ले, कृष्ण सुवेदी ‘निराकार’ र कल्पना सुवेदी, तथा असम (भारत)का सर्जक तथा कलाकार श्री विनोद खनाल र उहाँकी धर्मपत्नी पिन्की खनाल रहनु भएको छ।

670864409_1602070064615898_6617581916696121926_n

प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष/संरक्षकद्वारा पानसमा दीप प्रज्वलन र चौतारीको आफ्नै स्वागत गीतबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा कोशी साहित्य प्रतिष्ठानका सचिव साहित्यकार नवराज नवशिला, साहित्य चौतारीबाट सम्मानित स्रष्टा अभागी थेगुवा, कवि मनु योङ्हाङ, समाजसेवी राजकुमार पोखरेल, कवि–नाटककार तथा साहित्य चौतारीका पूर्व अध्यक्ष टंक विकल्प, कोशी साहित्य परिषद्का केशु बिरही लगायतले रचना वाचन गरेका थिए।

669051573_1602069637949274_9128009338898545492_n

त्यसैगरी प्रमुख अतिथि प्राडा भट्टराई, सम्मानित तथा अभिनन्दित व्यक्तित्वहरू विनोद खनाल, प्राडा भीमप्रसाद खतिवडा, बेनु काफ्ले, कृष्ण सुवेदी ‘निराकार’, विशिष्ट अतिथि प्राज्ञ हरिप्रसाद पौडेल तथा समाजसेवी राजकुमार पोखरेलले शुभकामना मन्तव्य तथा आभार व्यक्त गर्नुभएको थियो।

औपचारिक कार्यक्रम सुरु हुनु पूर्व मिना अधिकारी, डिबी शर्मा, बिरही अधिकारी, देवीचरण भण्डारी, चित्रा पौडेल, प्रेमराज भट्टराई, भवानी क्षेत्री, चिरञ्जीवी शास्त्री, हस्त परियार, मनिषा भट्टराई लगायतका स्रष्टाहरूले कविता, मुक्तक, गजल तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

670527264_1602070567949181_5015328921421555817_nकार्यक्रममा असाम (भारत)बाट सहभागी हुन आउनुभएका सर्जक तथा कलाकारहरूकाे पृथक नृत्यसहितको प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक र जीवन्त बनाएको थियो।

साहित्य चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठ तथा संरक्षक एवं वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठद्वारा मायाको चिनो प्रदान गरिएको उक्त कार्यक्रममा विनोद खनाल, देवीचरण भण्डारी र हरिनारायण भट्टराईले अभिनन्दन पत्र वाचन गरेका थिए।

कार्यक्रमका संयोजक तथा उपाध्यक्ष हिम्मत नेम्वाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव तुलसी निरौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। अभिनन्दित स्रष्टाहरूको सम्मानमा नौमती बाजा बजाइएको थियो।

समग्रमा, साहित्य, संगीत र कलाको सुन्दर सङ्गम बनेको उक्त कार्यक्रमले नयाँ वर्ष २०८३ को आगमनसँगै सिर्जनात्मक ऊर्जा र उत्साह थप्ने काम गरेको सहभागीहरूले बताएका छन्।