झापा । भरत भाबुक प्रसाई , नयाँ वर्ष २०८३ को अवसर पारेर नारी सञ्चार गृह झापाले बिर्तामोडमा भव्य रूपमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

4215ad96-9a5a-4ce5-9275-3bd736a3ee22

महिला सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमले नयाँ वर्षको स्वागतसँगै संस्थागत एकता र सहकार्यलाई थप मजबुत बनाउने सन्देश दिएको छ।

9999999

आइतबार बिर्तामोडस्थित साइ पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न सञ्चार संस्था, पत्रकार तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ वर्ष २०८३ ले देशमा शान्ति, समृद्धि र सञ्चार क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

670918890_1602688304554074_6602215964602731381_nकार्यक्रममा आदिवासी जनजाति पत्रकार संघ झापाका अध्यक्ष अर्जुन राजवंशी, प्रेस सेन्टर नेपाल झापा अध्यक्ष पुष्प खड्का, प्रेस चौतारी नेपाल झापा अध्यक्ष प्रदीप परियार, एबीसी नेपालकी केन्द्रीय सदस्य कञ्चना ढकाल सिटौला,महिला मुक्ति अभियान झापा अध्यक्ष  राधा सुब्बा,नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता बिमली नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राख्दै सञ्चार क्षेत्रमा महिला सहभागिता अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।

222222उनीहरूले निष्पक्ष र उत्तरदायी पत्रकारिताका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

कार्यक्रमकी प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा नारी सञ्चार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले नारी सञ्चार गृहले महिला पत्रकारहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरिन्।

8a304afd-9dd7-4f67-a0bc-66a8ded6e845उनले नयाँ वर्षले सञ्चार क्षेत्रमा अझ धेरै अवसर र चुनौतीहरू ल्याउने उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्न एकता र सहकार्य अपरिहार्य रहेको बताइन्।

erttttwewwwwकार्यक्रमकै अवसरमा नारी सञ्चार गृह झापाले प्रकाशन गरेको नयाँ वर्ष २०८३ को क्यालेन्डर औपचारिक रूपमा विमोचन गरिएको थियो। क्यालेन्डरले संस्थाका गतिविधिहरू, महत्वपूर्ण मितिहरू तथा सामाजिक सन्देशहरू समेटेको जनाइएको छ।

त्यसैगरी, क्यालेन्डर प्रकाशनमा सहयोग पुर्‍याउने बीज इन्टरनेसनल एजुकेसन सर्भिस बिर्तामोडका सञ्चालक अशोक भण्डारीलाई सम्मान गरिएको थियो। संस्थाले उहाँको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको हो।

566666696

नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष जोष्ना श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाकी सचिव दीपा पोखरेलले गरेकी थिइन्। कार्यक्रममै सहभागीहरूले आपसी शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षलाई उत्साहका साथ स्वागत गरेका थिए।

1111111

कार्यक्रममा सञ्चारकर्मीहरूसँगै विभिन्न संघ–संस्थाको नेतृत्व गर्ने महिला नेतृहरूको उल्लेख्य उपस्थिति रहेको थियो, जसले महिला सशक्तीकरण र सञ्चार क्षेत्रमा उनीहरूको भूमिका अझ सुदृढ बन्दै गएको संकेत गरेको सहभागीहरूले बताएका छन्।