झापा — नयाँ वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठान को आयोजनामा झापा नाटक घर बिर्तामोडमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विविध साहित्यिक तथा सांगीतिक प्रस्तुति सहित आयोजना गरिएको कार्यक्रममा नववर्षको शुभकामना आदान–प्रदानसँगै कला र संस्कृतिको उत्सव मनाइएको थियो।

प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कविता, गीत, गजल, मुक्तक तथा कमेडी प्रस्तुतिहरू समावेश गरिएको थियो।

कार्यक्रममा सहभागी कलाकारहरूले आफ्ना सिर्जनामार्फत दर्शकलाई मनोरञ्जन मात्र नभई भावनात्मक रूपमा समेत जोड्न सफल भएका थिए।

विशेषगरी सरगम सङ्गीतालय बिर्तामोडका प्रशिक्षार्थीहरूको सामूहिक नृत्यले दर्शकको ध्यान आकर्षित गरेको थियो भने क्षितिज नाट्य प्रतिष्ठानका कलाकारहरू तथा अन्य आमन्त्रित कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रममा डिपी शर्मा, लीला अधिकारी, सिरो सान्दाइ खतिवडा, कृष्ण सुवेदी ‘निराकार’, बिरही अधिकारी, हरिप्रसाद न्यौपाने, देवीचरण भण्डारी, नवराज घिमिरे, मोक्ष खतिवडा, लक्ष्मीअच्युत ढुङ्गाना, डिल्लीराम परदेशी, कृष्णप्रसाद मिश्र, गणेशप्रकाश आचार्य, लीला खत्री खतिवडा, दीपक रायमाझी, मोहनप्रसाद ओझा, शेखर भट्टराई, शेखर पौडेल, प्रतिभा पौडेल, सुरेन्द्र राई, सितल खनाल, ताराप्रकाश भट्टराई, सृष्टि आचार्य, किरण दहाल, दीपा शिवाकोटी, स्मृति निरौला, देवीमाया प्रसाईं, मुना प्रसाईं, माधव भेटवाल, सुजन शिवाकोटी, योगेन दहाल, राजकुमार भट्टराई, समीक्षा खतिवडा भट्टराई, उर्मिला लिम्बू, अर्पना लिम्बू, जिनिशा चम्लागाईँ, समिक शाह, सारु चम्लागाईँ, जेनिश चम्लागाईँ, अर्पिता लिम्बू, उनिवा पाण्डे, रत्नश्री मिश्र, मनबहादुर कटुवाल, सीता तिम्सिना, पूर्णिमा निर्दोषी, हेमा भट्टराई, कमला कटुवाल, पुष्पा भट्टराई, प्रसुन गुरागाईं, दीप्सा श्रेष्ठ, आशुतोष भट्टराई, निर्जना रिजाल, सान्सा रिजाल, प्रतीक्षा पौडेललगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

यसै अवसरमा वरिष्ठ शिक्षासेवी सिरो सान्दाइ खतिवडा र प्रलेस झापा जिल्ला अध्यक्ष लीलाप्रसाद अधिकारीद्वारा संयुक्त रूपमा “क्षितिज पुस्तकालय” को उद्घाटन गरिएको छ। पुस्तकालय उद्घाटनसँगै साहित्यिक गतिविधिलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा प्रलेस अध्यक्ष लीलाप्रसाद अधिकारी तथा लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले नववर्षको शुभकामना व्यक्त गर्दै कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूको भूमिका महत्वपूर्ण हुने बताएका थिए। स्वागत मन्तव्य राजकुमार भट्टराई ले राखेका थिए।

कार्यक्रमको प्राविधिक पाटो अन्तर्गत बत्ती व्यवस्थापन तथा ध्वनि संयोजन नाट्य कलाकार विवेक मिश्रले सम्हालेका थिए, जसले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेले।

बाल कलाकारदेखि वरिष्ठ साहित्यकारसम्मका विविध प्रस्तुति, सृजनात्मकता र ऊर्जाले भरिएको उक्त कार्यक्रम अत्यन्तै सभ्य, भव्य र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। साथै कवि तथा साहित्यकार तुलसीप्रसाद भट्टराई को सजीव र आकर्षक सञ्चालनले कार्यक्रमको गरिमा अझ बढाएको थियो।