बुद्धशान्ति, झापा
बुद्धशान्ति गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयहरूका लागि शैक्षिक सत्र २०८३ का लागि अधिकतम मासिक शुल्क निर्धारण गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा शाखाले सूचना जारी गर्दै नयाँ शुल्क संरचना लागू गरिएको जनाएको हो। गाउँपालिकाको शिक्षा समितिको मिति २०८२/१२/२२को निर्णयअनुसार विद्यालयहरूले लिन पाउने अधिकतम मासिक शुल्कको सीमा तोकिएको हो।
निर्णयअनुसार अब निजी विद्यालयहरूले तोकिएको सीमा भन्दा बढी शुल्क लिन पाउने छैनन्। यससम्बन्धी पत्र कमलप्रसाद निरौला (शिक्षा शाखा अधिकृत) द्वारा हस्ताक्षरित छ, जसमा सबै संस्थागत विद्यालयहरूलाई सोही बमोजिम शुल्क कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
गाउँपालिकाको यस निर्णयले अभिभावकहरूलाई विद्यालयहरूले मनपरी शुल्क लिने समस्याबाट राहत मिल्ने तथा शिक्षा क्षेत्रमा एकरूपता आउने अपेक्षा गरिएको छ। गाउँपालिकाले उक्त निर्णय शैक्षिक सत्र २०८३ को सुरुदेखि लागू हुने जनाएको छ।














