बुद्धशान्ति, झापा — राष्ट्रिय आर्थिक गणना २०८२ आज वैशाख २ गतेदेखि देशभर सुरु भएको छ। उक्त गणना असार ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

गणनाको मुख्य उद्देश्य नेपालको अर्थतन्त्रको वास्तविक तस्बिर प्रस्तुत गर्नुका साथै अनौपचारिक क्षेत्रको वास्तविक आकार पत्ता लगाउनु रहेको छ। यसमार्फत आर्थिक नीति निर्माण, योजना तर्जुमा तथा निजी क्षेत्रको लगानी वृद्धि गर्न आवश्यक तथ्याङ्क सङ्कलन गरिने लक्ष्य राखिएको छ।

4578888888

यसका लागि गणकहरूलाई ५ दिने तालिम दिई विभिन्न जिल्लाबाट स्थानीय तहमा खटाइएको छ। बुद्धशान्ति गाउँपालिकामा २ जना सुपरिवेक्षकसहित १० जना गणक परिचालन गरिएको छ। उनीहरूले घरधुरी तथा व्यवसायसम्बन्धी विवरण सङ्कलन गर्नेछन्।

सरकारले यस गणनाबाट प्राप्त तथ्याङ्कले देशको आर्थिक योजना तथा विकासका कार्यक्रमहरू प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।