बुद्धशान्ति, झापा ।

गणेश माध्यमिक बिद्यालयका विद्यार्थी बादल तामाङको नेतृत्वमा ११ सदस्यीय बाल क्लब गठन गरिएको छ।

IMG-20260417-WA0027

बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूलाई संगठित गर्दै एक बाल क्लब गठन गरिएको छ। बुद्धशान्ति गाउँपालिकाको शिक्षा शाखा र महिला तथा बालबालिका शाखाको संयुक्त पहल र संयोजनमा उक्त बाल क्लब गठन गरिएको हो।

​श्री गणेश माध्यमिक विद्यालय, जोरपिपलेको सभाहलमा आयोजित एक विशेष कार्यक्रमका बीच ११ सदस्यीय नयाँ बाल क्लबको घोषणा गरिएको छ। बालबालिकाहरूको हकहित संरक्षण, उनीहरूमा लुकेर रहेका प्रतिभा प्रस्फुटन र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडा स्तरीय यो समिति बनाइएको हो।

IMG-20260417-WA0037

​कार्यक्रमलाई बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाका तर्फबाट झलका भट्टराई र महिला तथा बालबालिका शाखाका तर्फबाट मिना विष्टले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै सहजकर्ताहरूले बाल क्लबले विद्यालयमा हुने विभिन्न रचनात्मक क्रियाकलापमा विद्यार्थीहरूको भूमिकालाई अझ सक्रिय बनाउने विश्वास व्यक्त गर्नुभयो।

​कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, प्रतिनिधि र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। भने उनीहरूलाई खादा र टीका लगाएर नयाँ जिम्मेवारीका लागि स्वागत तथा सम्मान गरिएको थियो।

IMG-20260417-WA0032

​अन्तरक्रिया र छलफलपछि सर्वसम्मतिबाट ११ सदस्यीय बाल क्लब गठन गरिएको छ। नवगठित समितिका पदाधिकारीहरूलाई बधाई दिँदै कार्यक्रमका अतिथिहरूले बाल अधिकारको संरक्षण र विद्यालयको शैक्षिक वातावरण सुधारमा क्लबले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका छन्।