काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा १०औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचन आज सम्पन्न भएको छ। कुल १४० मत खसेको उक्त निर्वाचनबाट समिर बलामी अध्यक्षमा निर्वाचित भएका छन्।


अध्यक्ष पदमा बलामीले ९५ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीले ४२ मत प्राप्त गरेका थिए। उपाध्यक्ष (संगठन) तर्फ रघुनाथ सापकोटाले ७३ मत ल्याउँदै विजय हासिल गरे भने नविन गिरिले ६२ मत पाए।


उपाध्यक्ष (कार्यक्रम) पदमा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन्। यस्तै उपाध्यक्ष (महिला) मा दिपज्योति थापाले ७५ मतसहित जित हात पार्दा सुष्मा कार्कीले ६२ मत प्राप्त गरिन्।


महासचिव पदमा गोपीकृष्ण चापागाईं ५४ मतसहित विजयी बने। उनका प्रतिस्पर्धी मनिष कार्कीले ४४ मत पाए। सचिव पदमा मदन रिजाल ९४ मतसहित निर्वाचित हुँदा सुरेन्द्र थापा मगरले ४५ मत प्राप्त गरे।


सचिव (समावेशी) पदमा महम्मद जालिम निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा मनिष अञ्जान ७४ मतसहित विजयी हुँदा निशा बजगाईले ६५ मत प्राप्त गरिन्।


सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं ६२ मत ल्याउँदै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी भोला प्रणव सुवेदीले ४२ मत पाए।


त्यसैगरी सदस्य पदमा सोजना विक लोहार, सुशिल नेपाल, दिनेश थापा, नविन चापागाईं, रतन बहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।