काठमाडौं कालिका स्थित नेपालयको "आर"सालामा अंग्रेजी महिनाको प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार सम्पन्न आयोजन हुने गरिमामय सांगीतिक( एकल गायन) कार्यक्रम पलेटीमा अप्रेल महिनाको (ता:२४ र २५अप्रेल) कार्यक्रममा दार्जीलिङका प्रशिद्व गायक पवन गोले अनि संगीतकार रमेश गुरङ पुगेका छन्।
गत हप्ता काठमाडौं पुगेका यी दुई कलाकारहरु केहि दिनदेखि निरन्तर प्राक्टिसमा जुटिरहेका छन्।
दार्जीलिङका यी दुई कलाकारहरुले जनाए अनुसार उनीहरुको पलेटी कार्यक्रममा यो दोस्रो पल्टको कार्यक्रम हो। गायक पवन गोले विगत (सन् २०१२मा ) चौध वर्षअघि पलेटीमा आफ्ना पुराना सुमधुर गीतहरु लिएर पुगेका थिए भने, संगीतकार रमेस गुरुङ विगत (सन्२००६ मा) दार्जीलिङका प्रशिद्व गायिका दावा ग्यालमोलाई हारमोनियमा साथदिन गएका थिए। यसपल्ट भने संगीतकार रमेस गरुङ संगीतकारको भूमिका पूरा गर्न पुगेका छन्।
गायक पवन गोलेले यसपल्ट केही पुराना गीतहरु सहित ८ वटा संगीतकार रमेश गुरुङद्वारा संगीतवद्व गीतहरु प्रस्तुत गर्ने छन्। यसपटक पवन गोलेले प्रस्तुत गर्ने गीतहरुमा सुवर्ण लिम्बु, बसन्त छेत्री, पारस गजमेर, प्रदिप छेत्री, र रमेस गुरुङले संगीत भरेका छन भने शब्दहरु शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन "प्यासी", कालूसिह रनपहेली,पुरण गिरी,सरेन थिङ, सञ्जय बान्तवा,सञ्जय विष्ट, प्रमोद स्नेही, र अरुण तिवारीको रहेका छन्।
नेपाली दर्शक श्रोताहरुको मनमा बसेका गायक पवन गोले चौधवर्ष अघिको पुरानो यादलाई सम्झिदै भन्छन्। चौधवर्ष पछि फेरि पलेटीमा पलेटी कसेर मेरा पुराना लगायत संगीतकार रमेस गुरुङ भाईद्वारा संगीतवद्व नयाँ गीतहरु पनि प्रस्तुत गर्न आएको छु।
मलाई यसपटक धेरै सजिलो छ। किनकि मेरो साथमा रमेस भाई छ।
म निर्धक्क भएर गीतहरु प्रस्तुत गर्नेछु। आशा छ यसपटक पनि दर्शक श्रोताहरुको मन जित्न सक्ने छु अनि भरपूर माया पाउने छु। दर्शकहरुले पनि मनग्गे आनन्द उठाउने छन्। भन्ने लागेको छ। गायक पवन गोलेलाई प्रसन्न मुद्रामा देखिएको थियो।
यता पवन गोलेको छेउमा बसेर हारमोनियका रिटहरु खेलाउदै संगीतकार रमेश गुरुङ भन्छन्। विगत २० वर्षअघि आदरणीय दिदी दावा ग्यालमोलाई साथदिन आएको थिए भने यसपटक पूरा जिम्मेवारी लिएर आएको छु। म यसपटक अझ गर्वीत छु नेपाली गीत संगीतको सान अग्रज गायक दाजु पवन गोलेले यसपटक मेरा आठवटा गीतहरु प्रस्तुत गरिरहनु भएको छ।
यसै अर्थमा पनि म यसपटक संगीकारको भूमिका पूरा गर्न आएको छु। साच्चै भन्नुपर्दा यस पटकको पवन दाजुको कार्यक्रममा मेरो गीतहरुलाई पनि समेटिदिएकोमा आयोजक प्रमूख आभासज्यु र पवन दाजु प्रति हृदयदेखि नै आभारी छु।
रमेश गरुङ दार्जीलिङका एक क्रियासिल संगीतकार हून उनी संधै दार्जीलिङका पुराना गीत-संगीतलाई जिउदो राख्ने एक संगीत साधक हून रमेश गुरुङले केहीवर्ष अघि सलगढीमा आफ्नो निजि निवासमा स्थापित गरेको आफ्नो रिकर्डीङ स्टूडियो भाकालय मार्फत प्रत्यक्ष सांगीतिक कार्यक्रम "गीति भाका" (Live consort) पुराना कलाकारका गीतहरु नयाँ पुस्ताका कलाकारहरुलाई हस्तान्तरण गर्ने काम गरिरहेछन् ।
त्यसो त यस गरीमामय सांगीतिक कार्यक्रम पलेटीमा दार्जीलिङका अग्रज कलाकारहरु शान्ति ठटाल, कर्म योञ्जन, अशोक राई, मणिकमल छेत्री, बद्रीदुर्गा खरेल, दावा ग्यालमो, चन्दन लमजेल र डेजी बराईलीले पटक पटक अघिबाटै आफ्नो प्रस्तुति राखिसकेका छन्। यस पलेटीमा दार्जीलिङका कलाकारहरुले छुट्टै गरिमा राखेका छन्।
यो पलेटी कार्यक्रम नेपाली सुगम संगीतलाई टेवा पुर्याउने उदेस्य लिएर विगत २१ वर्ष अघि सुरु गरिएको साँगीतिक कार्यक्रम हो। काठमाडौंको कालिका स्थित नेपालयको आर- सालामा अंग्रेजी महिना अनुसार प्रत्येक महिनाको अन्तिम साताको शुक्रबार अनि शनिबारको दिन सम्पन्न गरिन्छ भने यो अप्रिल महिनाको कार्यक्रम आगमी ता: २४ र २५ को दिन आयोजन भईरहेछ। आयोजक समितिको पक्षमा आभास ले जानकारी गराए अनुसार आरसालामा उपस्थित हुन असमर्थ संगीत अनुरागीहरुको निम्ति अनलाईन बाटै प्रत्यक्ष हेर्नको payper-View को व्यवस्था गरिएको छ।
त्यसको निम्ति पलेटीको वेभ साईट मा रहेको purchase Live Access बटनमा किल्क गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ। दुवै कलाकारहरुलाई कार्यक्रमको निम्ति हार्दिक शुभकामना छ।














