झापा, बुद्धशान्ति–४स्थित श्री माध्यमिक विद्यालय बर्ने मा अभिभावक–शिक्षक अन्तरक्रिया कार्यक्रम २०८३ सम्पन्न भएको छ।

शिक्षक अभिभावक संघका अध्यक्ष महानन्द गौतमको अध्यक्षता तथा वडा नं। ४ का अध्यक्ष शेरबहादुर रायको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

 कार्यक्रममा विद्यालयका पूर्व अध्यक्षहरू ज्ञानबहादुर मगर, बुद्धवीर गुरुङ, मानबहादुर मगर, धर्म घिमिरे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पवन ढकाल, सदस्यहरू सरिता किसान, राजकुमारी लिम्बू, सन्तोष शेर्मा, सीमा परियार, उर्मिला ढुङ्गेल, कार्यपालिका सदस्य दुर्गा पोख्रेल ढुङ्गेल, पूर्व शिक्षक टेकेन्द्र ढकाल लगायत संस्थापक, चन्दादाता तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिक्षक प्रतिनिधि गुणराज अर्याल र शिक्षक डम्बर शिवाकोटीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रधानाध्यापक टंकनाथ घिमिरेले प्रकाश पार्नुभएको थियो। साथै सहायक प्रधानाध्यापक भोजराज कार्की, शान्तिराम पौडेल, सोना राई लगायतले सुझाव संकलनमा सहजीकरण गर्नुभएको थियो।

678292164_1610762613746643_5940715322089063674_n 1

प्रमुख अतिथि शेरबहादुर राय तथा समाजसेवी बोधराज दाहालले राज्यले शैक्षिक सत्र पछाडि सार्दा विद्यार्थीहरूको शैक्षिक तथा सिकाइ उपलब्धिमा प्रत्यक्ष असर पर्ने भएकाले सम्बन्धित निकायले यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी सदस्यहरू सरिता किसान, सन्तोष शेर्मा तथा अभिभावकहरू  शिव थापा मगर,मोहन मावो, फक्तालुङ सावा लिम्बू लगायतले अन्तरक्रियामा आ–आफ्ना सुझाव, अनुभव र मन्तव्य राख्नुभएको थियो।

675924873_1610763197079918_3657806832582725918_n

सोही अवसरमा विद्यालय व्यवस्थापन समिति तथा सल्लाहकार समितिका पदाधिकारीहरूलाई उहाँहरूले विद्यालयप्रति पुर्‍याउनुभएको योगदानको कदर गर्दै शिक्षक अभिभावक संघ, अभिभावक तथा शिक्षकहरूद्वारा सम्मान गरिएको थियो।

साथै नवगठित समितिका पदाधिकारीहरूलाई सम्मानसहित स्वागत समेत गरिएको छ।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले अभिभावक र शिक्षकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।