बिर्तामोड । झापा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरबासीको संविधान प्रदत्त मौलिक हक रक्षाका लागि सदैव दृढ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाको पत्र र विभिन्न स्थानमा भइरहेको अतिक्रमित स्थानबाट हटाउने कार्यबाट सिर्जित भ्रमका कारण भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा परेको चिन्ताप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ ।
निस्सा वितरण गरिएकोमा केहीलाई धनीपुर्जा समेत उपलब्ध गराइसकिएको र बाँकी लाभग्राहीको हकमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढिरहेको नगर प्रमुख तामाङले स्पष्ट पार्नुभएको छ ।
साथै, नगरपालिकाको नाममा रहेको सरकारी जग्गा अतिक्रमण भएको पाइएमा ०८३ बैशाख १७ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार संरक्षणका लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने तयारी समेत गरिएको उहाँको धारणा रहेको छ ।














