झापा, बैशाख २९ ।झापाको अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।
गएराति ९ बजे मिलन चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको हो।
हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको र हाल अवस्था बोल्न सक्ने, सामान्य रहेको प्रहरीले जनाएको छ ।














