पवन ढकाल ,बुद्धशान्ति, झापा ।

बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्ले ले आफ्नो कार्यकालको चार वर्ष पूरा भएको अवसरमा वडावासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाउनुभएको छ ।

IMG_20260513_092317

स्थानीय तह निर्वाचनमार्फत प्राप्त जनमतको सम्मान गर्दै वडाध्यक्ष वाग्लेले चार वर्षको अवधिमा जनताबाट प्राप्त माया, विश्वास र साथ नै आफ्नो कार्यकालको सबैभन्दा ठूलो ऊर्जा बनेको उल्लेख गर्नुभएको छ । उहाँले सम्पूर्ण मतदाता तथा वडावासीप्रति हृदयदेखि नै धन्यवाद तथा सम्मान व्यक्त गर्नुभएको छ ।

FB_IMG_1778640919733

सार्वजनिक गरिएको सन्देशमा उहाँले सेवाका क्रममा केही कमजोरी वा अपूरा कामहरू हुन सक्ने स्वीकार गर्दै त्यसप्रति क्षमायाचना समेत गर्नुभएको छ । सीमित स्रोत–साधन, समय तथा विभिन्न परिस्थितिका कारण सबै अपेक्षा पूरा गर्न नसकिएको भए पनि नीति, नियम र वडाको हितलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक काम गरेको दाबी गर्नुभएको छ ।

FB_IMG_1778640910919

वडाध्यक्ष वाग्लेले अबको बाँकी एक वर्षलाई अझ परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै अधुरा योजनाहरू सम्पन्न गर्ने, कमजोरी सुधार गर्ने तथा जनताका सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै अघि बढ्ने बताउनुभएको छ ।

FB_IMG_1778640960039

उहाँले वडाको समग्र विकासका लागि नागरिकको निरन्तर साथ, सुझाव र सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा गर्नुपर्ने काम तथा सुधारका विषयमा खुला रूपमा सुझाव दिन वडावासीलाई आग्रह गर्नुभएको छ ।

FB_IMG_1778640973760 1

“तपाईंहरूको माया, सद्भाव र विश्वास सधैं चाहिन्छ,” भन्दै वडाध्यक्ष वाग्लेले आफ्नो राजनीतिक यात्रामा साथ दिने मतदाता, शुभेच्छुक, साथीभाइ तथा परिवारजनप्रति विशेष आभार व्यक्त गर्नुभएको छ ।