बिर्तामोड, झापा ।  भरत प्रसाई ,

नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई स्थानीय तहसम्म पुर्‍याउन, युवाहरूलाई खेलकुदको माध्यमबाट अनुशासित र सक्रिय बनाउन तथा बिर्तामोड नगरभित्र लुकेर रहेका खेल प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यका साथ झापाको बिर्तामोडमा ‘प्रथम उप–मेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता २०८३ (पुरुष)’ भव्य रूपमा सुरु भएको छ।

700253077_1606436068154681_191244812530398147_n

बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सह–आयोजनामा बिर्तामोड स्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ।

प्रतियोगितामा आयोजक वडासहित बिर्तामोड भित्रका १०  वडाहरूको सहभागिता रहेको छ।

एक विशेष समारोहका बीच बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पानसमा दीप प्रज्वलन गर्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो।

4bd83861-72dd-4b6d-91f5-36112e951ac9

बिर्तामोड नगरपालिका वडा नं ९ खेलकुद विकास समितिका अध्यक्ष विश्वदिप राजवंशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बिर्तामोड नगर कार्यपालिका सदस्य संगिता सिवाले उपस्थित सम्पूर्ण अतिथि तथा खेलाडीहरूलाई शब्दमार्फत स्वागत गर्नुभएको थियो।

 १० वटा वडाबाट टिमहरू सहभागी हुने यस प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र , तथा उपविजेता टिमले नगद ५१ हजार १ सय रुपैयाँ प्राप्त गर्ने जनाइएको छ।

प्रतियोगिताको पहिलो दिन आज उत्साहजनक रूपमा ६ वटा खेलहरू सम्पन्न भएका छन्।

85eb1cce-b3f6-4e5d-b571-57be9f95170f

पहिलो ओपनिङ प्रिम्याच बिर्तामोड वडा नम्बर १० र आयोजक वडा बीच भएको थियो, जसमा आयोजक वडा विजयी बन्न सफल भयो।

उक्त खेलमा वडा नम्बर ९ का तर्फबाट जर्सी नम्बर ९ का खेलाडी प्रविन तामाङ प्लेयर अफ दि म्याच बने।

4578

तामाङलाई बिर्तामोड वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङले नगद १ हजार रुपैयाँ र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

त्यस्तै बिर्तामोड वडा नम्बर १ र २ बीच भएको खेलमा वडा नम्बर २ विजयी बन्यो भने जर्सी नम्बर ७ का सुवास टुडु प्लेयर अफ दि म्याच बने।

उनलाई बिर्तामोड वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कङदङवा र बिर्तामोड नगर खेलकुद विकास समितिका उपाध्यक्ष सुरेन्द्र गुरुङले संयुक्त रूपमा नगद १ हजार रुपैयाँ र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

यसै गरी बिर्तामोड ३ र ४ बीच आजै भएको तेस्रो खेलमा बिर्तामोड ३ विजयी हुन पुगेको छ भने प्लेयर अफ दि म्याच वडा नम्बर ३ कै सविन थापा बने।

उनलाई डिडिसी सेक्युरिटीका सञ्चालक तथा सामाजिक व्यक्तित्व खगेन्द्रराज आङदाम्बेले प्लेयर अफ दि म्याचको पुरस्कार प्रदान गर्नुभयो।

आजै भएको अर्को चौथो खेलमा वडा नम्बर ७ लाई हराउँदै वडा नम्बर ५ विजयी बन्न सफल भयो, जसमा वडा नम्बर ४ का तर्फबाट खेलाडी फणिन्द्र सिग्देल प्लेयर अफ दि म्याच बने।

उनलाई बिर्तामोड नगरपालिकाका उप–प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्रप्रसाद संग्रौलाले नगद १ हजार रुपैयाँ र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

701777220_1606435724821382_8955030218666676987_n

तत्पश्चात् विजयी वडा नम्बर ९ र वडा नम्बर ८ बीच सेमिफाइनलका लागि भएको प्रतिस्पर्धामा वडा ८ ले विजयी हासिल गर्‍यो भने खेलमा वडा नम्बर ८ का सन्दिप गौतम प्लेयर अफ दि म्याच बने।

त्यस्तै सेमिफाइनल खेलका लागि वडा नम्बर २ र वडा नम्बर ६ बीच भएको खेलमा वडा नम्बर ६ विजयी बन्यो भने प्लेयर अफ दि म्याच वडा नम्बर ६ का लिला डाँगी बने।

झापाको बिर्तामोडमा आयोजित यस भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम विभिन्न जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, खेलकुदकर्मी, सञ्चारकर्मी तथा खेलप्रेमी महानुभावहरूको उल्लेख्य र बाक्लो उपस्थितिका बीच भव्य रूपमा सम्पन्न भएको छ।

उद्घाटन कार्यक्रममा बिर्तामोड वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कङदङवा , वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण अविरल खरेल, बिर्तामोड वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाईं, बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव बिसन लिम्बु, वडा नम्बर २ का वडाध्यक्ष किशोर प्रसाद पौडेल, वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईँ,बिर्तामोड नगर कार्यपालिका सदस्यहरू संगिता सिवा, बिर्तामोड वडा नम्बर ९ का वडा सचिव सुभास बिक, दुर्गा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारी, दुर्गा माविका प्रधानाध्यापक लक्ष्मण शिवाकोटी, पूर्व शिक्षक रिबलप्रसाद शिवाकोटी तथा सामाजिक व्यक्तित्व प्रेम भण्डारीको उपस्थिति रहेको  िथयाे । 

699685625_4419739528238067_4274859465891654141_nत्यसै गरी सञ्चारकर्मी तथा पूर्वेली न्युजका सञ्चालक कोसिस घिमिरे, वडा नम्बर ७ का खेलकुद विकास समितिका अध्यक्ष दीपक कार्की, सामाजिक व्यक्तित्वहरू क्रमशः रणबहादुर थापा मगर, दमन प्रसाद रिमाल राजवंशी, प्रदीप राजवंशी, किशोर भट्टराई, विनोद श्रेष्ठ र कृष्णप्रसाद उप्रेती,  बिर्तामोड नगर खेलकुद विकास समितिका सदस्य रमेश उप्रेती, उपाध्यक्ष सन्तोष गुरुङ, पूर्वेली समाचार न्युजका सम्पादक गणेश कोइराला, इजलास न्युजका सम्पादक प्रदिप परियार तथा गरामनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक युवराज पोखरेल लगायत स्थानीय खेलप्रेमी महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

700692093_1606435718154716_71009485434574983_n

प्रतियोगितामा खेललाई निष्पक्ष र प्राविधिक रूपमा त्रुटिरहित सम्पन्न गराउन रेफ्री अफिसियलका रूपमा मिलन खोदाङ लिम्बु, तारा सेलिङ लिम्बु, रोहित शिवा, रोशन डाँगी र प्रवीण राई रहनुभएको छ।

यसै गरी कार्यक्रमको मिडिया पार्टनरका रूपमा पूर्वेली न्युज, झापा खबर, पर्दाफास अनलाइन तथा इजलास न्युज रहेका छन् भने सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण 'गेम अफ नेपाल' ले गरेको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भरत प्रसाईले  गर्नुभएको थियो । 

स्थानीय तह, खेलकुद संस्था, सञ्चार क्षेत्र तथा समाजका विभिन्न ओहोदाका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिताले प्रतियोगितालाई थप उत्साहपूर्ण र भव्य बनाएको आयोजकले जनाएको छ।