चीनले अमेरिकी विमान कम्पनी बोइङबाट २०० वटा विमान खरिद गर्ने सम्झौताको पुष्टि गरेको छ । गएकाे हप्ता बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तापछि चीनले अमेरिकाबाट विमान किन्ने भनिएको थियो ।

आज चीनको वाणिज्य मन्त्रालयले यस सम्झौताअन्तर्गत अमेरिकाले विमानको इन्जिन पार्टपुर्जा आपूर्तिको सुनिश्चतता गर्ने बताएको बीबीसीले जनाएको छ ।

अमेरिका र चीन दुवै देश गएको वर्षको अक्टोबरमा रोक्न सहमत भएको व्यापार युद्धलाई कार्यान्वयन गर्न पनि सहमत भएका खबरमा उल्लेख छ । यसका साथै दुवै पक्षले कम्तीमा ३० अर्ब अमेरिकी डलर बराबरका सामानहरूमा लाग्ने भन्सार शुल्क घटाउने प्रयास गर्नेछन् ।

ट्रम्पको चीन भ्रमणको केही दिनपछि सी जिनपिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरिरहेका बेला यो घोषणा आएको हो ।