झापाको बिर्तामोड ५ स्थित यशोदा निरौला स्मृति प्रतिष्ठानले एघारौँ स्मृति सभाको अवसर पारेर विपन्न परिवारलाई नगद सहित खाद्यान्न सामग्री प्रदान गरेको छ।

 आज बिहिबार बिर्तामोड ५ स्थित जेष्ठ नागरिक भवनमा आयोजित एघारौं स्मृति सभाको अवसर पारेर १३ जना विपन्न परिवारलाई खाद्यान्न  प्रतिष्ठानले हस्तान्तरण गरेको हो।

9999 प्रतिष्ठानका अध्यक्ष निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईं , विशिष्ट अतिथि अर्जुनधारा ६ का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला , पाथिभरा टोल विकास संस्थाका अध्यक्ष नारायण प्रसाद चिमरिया सहित निरौला परिवारले उक्त सामग्री हस्तान्तरण गरेका थिए।

 प्रतिष्ठानले जनही प्रति परिवार दुई बोरा चामल ५ लिटर खानेतेल, चना २ केजी,  चिनी २ केजी,  दाल ५ केजी एक दर्जन कपडा धुने साबुन सहित नगद २ हजार ५०० का दरले प्रदान गरेको प्रतिष्ठानका सचिव रमेश निरौलाले जानकारी दिए।

01

 स्वागत प्रतिष्ठानको संस्थापक सचिव लक्ष्मी निरौलाले गरेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका आजीवन सदस्य वसन्त रिमालले गरेका थिए।

 कार्यक्रममा प्रमुख अतिथि प्रसाई ,विशिष्ट अतिथि बाँस्तोला,  टोल विकासका अध्यक्ष चिमरिया , पाथिभरा टोल विकास महिला समितिको अध्यक्ष निर्मला कंडिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

प्रतिष्ठानले प्रत्येक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले बताए। 

 १५ लाख रुपैयाँको स्थापना गरिएको अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष सामाजिक कार्य गर्ने गरेको निरौलाको भनाइ छ । 

यसैगरी प्रतिष्ठानले विपन्न नागरिकका लागि निःशुल्क रुपमा शबवाहन सेवा समेत सञ्चालन गरिरहेको जनाएको छ।