सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर भद्रपुर–८ झापाले उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी बरिष्ठ हवल्दार रूपक न्यौपानेलाई  प्रशंसा–पत्र प्रदान गरेको छ ।


सशस्त्र प्रहरी बरिष्ठ हवल्दार  न्यौपानेलाई लागूऔषध नियन्त्रण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै गणले आज सम्मान गरेकाे हाे ।  


 जनहितमा जारी

 न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काकडभिट्टा, झापामा Dog Handler का रूपमा साथी नाम गरेकाे कुकुरलाई हेन्डल गरि   लागूऔषध नियन्त्रण तथा खोजतलास कार्यमा उल्लेखनीय योगदान पुर्‍याएकाे   प्रशंसा–पत्रमा उल्लेख छ । 


सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस २०८३ को अवसरमा आज शुक्रबार भद्रपुर गणमा उनलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम १५७ को उपनियम (ग) बमोजिम नगद रु. १ हजारसहित प्रशंसा–पत्र प्रदान गरिएको हो ।


गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका प्रसाद जोशीले न्याैपानेलाई  प्रशंसा–पत्र  प्रदान गरिएको हाे ।