झापाको बिर्तामोड ३ स्थित लिङकन मन्टेश्वरी स्कुलको आयोजनामा हस्तलेखन तालिम गरिएको छ । आज शनिवार एक कार्यक्रमका बिच लिङकनले तालिमको आयोजना गरेको हो ।
तालिममा झापाको बिर्तामोडमा सञ्चालित ७ वटा निजी विद्यालयका ३० जना शिक्षकहरुको सहभागिता छ ।
नेपाली र अंग्रेजी भाषा शुद्व लेख्न, सुन्दर र रचनात्मक बनाउन तथा शिक्षकको क्षमता अभिवृद्वीका लागि तालिमको आयोजना गरिएको लिङकन मन्टेश्वरी सञ्चालक सरोज पौडेलले जानकारी दिए ।
तालिममा गोमेन्द्र बिर्तामोड , शिक्षा सिकोप , कञ्चनजङगा बोडिङ, कञ्चन, बालबिकास स्कुलका शिक्षकहरुको सहभागिता छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सरोज पौडेलले गरेका थिए । लिङकनले यस अघि पनि यस्ता किसिमका विभिन्न तालिमको आयोजना गर्दै आएको छ ।














