वीरता जेसीजको आयोजनामा संस्थाको दीर्घकालीन स्थायित्व तथा सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउने उद्देश्यले “अक्षयकोष वृद्धि कार्यक्रम” उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरता जेसीजका पूर्व अध्यक्ष जेसी निर्मल भट्टराई रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा सिनेटर घनश्याम चौधरीको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्षहरू, पदाधिकारी, सदस्यहरू तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले अक्षयकोष संस्थाको भविष्यको आधार भएको उल्लेख गर्दै यसको वृद्धि र संरक्षणमा सबैको साझा दायित्व रहने धारणा व्यक्त गरेका थिए।
सोही अवसरमा वीरता जेसीजका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि जेसी निर्मल भट्टराई ज्युले आफ्नो जन्म दिनको अवसरमा वीरता जेसीज अक्षयकोषका लागि नगद रु. २१,०००/- (एक्काइस हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएको थियो।
उहाँको उक्त योगदानप्रति वीरता जेसीज परिवारले हार्दिक आभार व्यक्त गर्दै यसले संस्थाको अक्षयकोषलाई थप मजबुत बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
त्यसैगरी कार्यक्रमकै अवसरमा प्रमुख अतिथि जेसी निर्मल भट्टराई ज्युको जन्मदिन समेत विशेष रूपमा मनाइएको थियो। उपस्थित सम्पूर्णले उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सफल, स्वस्थ, सुखद तथा दीर्घायु जीवनको कामना गरेका थिए। जन्मदिन समारोहले कार्यक्रममा थप आत्मीयता र उत्साह थपेको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले “Together We Can” भन्ने भावनालाई आत्मसात गर्दै वीरता जेसीजले आगामी दिनमा पनि नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा संस्थागत सुदृढीकरणका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
आस्था वाचन उपाध्यक्ष जेसी बिस्वजित हल्वाइले गर्नुभएको थियो भने स्वागत मन्तव्यसहित कार्यक्रमको संयोजन वीरता जेसीजका उपाध्यक्ष जेसी नवराज अधिकारीले र सन्चालन महासचिव जेसी सुभाष तिखत्रीले गर्नु भएको थियो ।














