बिर्तामोड, झापा

सन् २०२६ का लागि जेसीआई भाइस प्रेसिडेन्ट एशिया प्यासिफिक (नेपाल) निरुपित सिनेटर केङ्गो सुजुकीको सम्मानमा झापाको बिर्तामोडमा विशेष "मीट एण्ड ग्रीट" कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वीरता जेसीजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जापानबाट नेपाल भ्रमणमा आएका सुजुकीलाई भव्य स्वागत गरिएको हो। 

56dd9968-78f1-421a-9745-a0ce9df03b09

कार्यक्रमका प्रमुख अतिथि जेसीआई भाइस प्रेसिडेन्ट सिनेटर केङ्गो सुजुकीले वीरता जेसीजले समाज रूपान्तरण, नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको उच्च प्रशंसा गरे।

जेसीआई विश्वव्यापी रूपमा युवाहरूलाई सकारात्मक परिवर्तनका लागि नेतृत्व प्रदान गर्ने संस्था भएको उल्लेख गर्दै उनले नेपालका स्थानीय शाखाहरूले समुदायस्तरमा गरिरहेका गतिविधिहरू प्रेरणादायी रहेको बताए।

विशेष गरी वीरता जेसीजले शिक्षा, स्वास्थ्य, सामाजिक उत्तरदायित्व र युवा नेतृत्व विकासमा सञ्चालन गरेका कार्यक्रमहरू उल्लेखनीय रहेको उनको भनाइ थियो।

सिनेटर सुजुकीले जेसीआईका सदस्यहरूलाई विश्वव्यापी सञ्जाल र सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानमा अझ सक्रिय हुन आग्रह गर्दै साझा चुनौतीहरूको सामना गर्न एकता, सहकार्य र नवीन सोच आवश्यक रहेकोमा जोड दिए।

902626f2-52c0-4b8a-a8b3-50462606dd2eकार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीले वीरता जेसीज नेपाल जेसीजकै एक सक्रिय, गतिशील र उत्कृष्ट शाखाका रूपमा स्थापित भएको बताए। शाखाले सञ्चालन गरेका विभिन्न सामाजिक तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरे।

वीरता जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी लोकचन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक तथा कार्यकारिणी उपाध्यक्ष जेसी प्रज्ज्वल विमलीले अन्तर्राष्ट्रिय जेसीज नेतृत्वसँगको प्रत्यक्ष अन्तरक्रियाले स्थानीय सदस्यहरूलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, शुभकामना मन्तव्यका क्रममा वीरता जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी योगेश राजवंशी, वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, र चारआली जेसीजका अध्यक्ष जेसी सञ्जाल निरौला लगायतले अन्तर्राष्ट्रिय नेतृत्वको उपस्थितिले झापाका जेसीज सदस्यहरूलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको बताएका थिए।

कार्यक्रमको प्रारम्भमा वीरता जेसीजका ट्रेनिङ कोअर्डिनेटर जेसी विज्ञानराज पौड्यालले आस्था वाचन गरेका थिए भने कानूनी सल्लाहकार जेसी प्रभात मास्केले जेसीआई मिसन, भिजन तथा क्रिड वाचन गरेका थिए।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरू, विभिन्न स्थानीय शाखाका अध्यक्षहरू, पूर्व अध्यक्षहरू, सिनेटरहरू तथा झापा जिल्लाभित्रका जेसीज शाखाहरूका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले सिनेटर केङ्गो सुजुकीसँग प्रत्यक्ष संवाद गर्दै जेसीआईका अन्तर्राष्ट्रिय गतिविधि, नेतृत्व विकासका अवसर तथा संगठन विस्तारका सम्भावनाबारे जिज्ञासा राखेका थिए।

वीरता जेसीजका महासचिव जेसी सुवास तिखत्रीले सञ्चालन गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष लोकचन्द्र श्रेष्ठले सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। उनले "Together We Can" भन्ने भावनालाई आत्मसात गर्दै वीरता जेसीजले आगामी दिनमा पनि युवाहरूको नेतृत्व विकास र समुदाय रूपान्तरणका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।