झापा,जेष्ठ २२, विश्व वातावरण दिवस २०२६ को अवसरमा झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित श्री माध्यमिक विद्यालय बर्नेले वृक्षारोपण, सचेतनामूलक र्‍याली तथा सरसफाइ कार्यक्रम गरी दिवस मनाएको छ।

IMG_7986

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय परिसर तथा आसपासका क्षेत्रमा  लिची   , म्याङ्गोस्टिन, अम्बा, जामुन, समी, बज्रदन्ती लगायत विभिन्न प्रजातिका दर्जनौं बिरुवाहरू रोपिएका थिए।  

IMG_7992

विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघ (PTA) का प्रतिनिधिहरूको संयुक्त सहभागितामा वृक्षारोपण गरिएको थियो। साथै कक्षागत रूपमा विद्यार्थीहरूलाई बिरुवा वितरण गरी उनीहरूकै नेतृत्वमा रोपण कार्य सम्पन्न गरिएको विद्यालयले जनाएको छ।

IMG_8126

वृक्षारोपणपछि विद्यार्थीहरूको सहभागितामा वातावरण संरक्षणसम्बन्धी सन्देशमूलक र्‍याली निकालिएको थियो। र्‍यालीले स्थानीय चोक तथा सार्वजनिक सडकको परिक्रमा गर्दै स्वच्छ वातावरणको महत्वबारे सन्देश प्रवाह गरेको थियो। त्यसपछि भाइरल शिरीष आसपासको क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरी वातावरणीय सचेतना फैलाइएको थियो।

IMG_8145

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक–अभिभावक संघका अध्यक्ष महानन्द गौतम, प्रधानाध्यापक टंकनाथ घिमिरे, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्वच्छ वातावरण निर्माण तथा प्रकृति संरक्षणका लागि सबैको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिएका थिए।

IMG20260605125718

“आज रोपिएको बिरुवा भोलिको स्वच्छ वातावरणको आधार हो” भन्ने सन्देशका साथ कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

WhatsApp Image 2026-06-05 at 5.12.05 PM (1)


यसैबीच, विश्व वातावरण दिवसकै अवसरमा बिर्तामोडस्थित न्युटन्स् टुरिजम क्लबको आयोजनामा न्युटन्स् बालक्लब र न्युटन्स् स्काउटद्वारा धार्मिक तथा पर्यटकीय स्थल विराटपोखरी क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

WhatsApp Image 2026-06-05 at 5.12.38 PM (1)

कार्यक्रममा न्युटन्स् बालक्लबले विराट पोखरी सरोवर बहुउद्देश्यीय समितिलाई एक थान डस्टबिन समेत हस्तान्तरण गरेको थियो। सहभागीहरूले वातावरण संरक्षण र सार्वजनिक स्थलको सरसफाइमा सबैको साझा जिम्मेवारी रहने धारणा व्यक्त गरेका थिए।

WhatsApp Image 2026-06-05 at 5.12.38 PM