बिर्तामोड नगरपालिकाले स्थानीय कृषकलाई नरिवल र सजिवनका बिरुवा वितरण गरेको छ। आज आयोजित संक्षिप्त कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सिंगापुरे र हजारी जातका १ हजार ३ सय वटा नरिवल तथा १ हजार ३ सय वटा सजिवनका बिरुवा कृषकलाई वितरण गर्नुभयो।

e2766d38-3e9d-44b6-a7ae-e2fa63203061

कृषकको मागअनुसार ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ। वितरण कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, सीता ढुंगाना विश्वकर्मालगायतको उपस्थिति रहेको थियो।