प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र सञ्चारकर्मी अच्युत सुवेदी सम्मानित भएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारण सभामा वर्ष उत्कृष्ट सञ्चारकर्मीका रूपमा सम्पादक राजवंशी र सुवेदी सम्मानित भएका हुन् ।
उक्त अवसरमा दुई व्यवसायीलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुने व्यवसायीमा चान मोहम्मद र उमाकान्त ढुङ्गेल रहेका छन् । मोहम्मद लामो समयसम्म वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्किएर व्यवसाय क्षेत्रमा काम गर्दै आएको र रोजगारीको वातावरण सृजना गरेको भन्दै उनलाई सम्मान गरिएको थियो ।
उनले बिर्तामोडमा एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट सञ्चालन गर्दै आएका छन् भने ढुङ्गेल बिर्तामोडका पुराना व्यवसायी हुन् । उनी माँ दुर्गा ट्रेडसका सञ्चालक हुन् ।
संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता भएको साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्षहरू कृष्णप्रसाद शर्मा, दिलसुन्दर श्रेष्ठ, नरेशलाल श्रेष्ठ, प्रवलजंग पाण्डे, केन्द्रीय सदस्य दिपक नेपाल, अर्जुनकुमार श्रेष्ठ र नवीन रिजाल लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष वैद्य, पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी, संघका पूर्वअध्यक्ष बलराम कार्की तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजुले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले कार्यक्रम गरेका थिए ।














