रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२६/०२७ को लागि प्रेसिडेन्टमा अर्चना अधिकारी चयन भएकी छिन् ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको सन् २०२६/०२७ को लागि प्रेसिडेन्टमा चयन भएकी अधिकारीले जुलाई १ तारिकदेखि कार्यभार सम्हालेकी हुन् ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको इमिडेट पास्ट प्रेसिडेन्टमा अमन मित्तल , भाइस प्रेसिडेन्टमा पियुस खेतान, सेक्रेटरीमा देब शर्मा , ट्रेजररमा चेतन जोजोडिया , सर्जेन्ट एट आम्समा सौरभ कर्ण, क्लव सर्भिस डाइरेक्टरमा सञ्जय शर्मा, कम्युनिटी सर्भिस डाइरेक्टरमा बर्षा भट्टराई, प्रोफेसनल सर्भिस डाइरेक्टरमा आस्मा लुईंटेल, ईन्टरनेशनल सर्भिस डाइरेक्टरमा मिनेश अग्रवाल, टीआरएफ चेयर , पब्लिक इमेज चेयरमा सौम्य शर्मा, लर्निङ फेसिलेटर मेम्बरसीप चेयरमा भिष्म घिमिरे, स्पेशल एरिया प्रोजेक्ट सापमा दिनेश खतिवडा, क्लव एडभाइजरमा शरद जोशी र सन्नी गोयल चयन भएका छन् ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा चयन भएकी अधिकारीले सबैको साथ र सहयोग पाएमा आफ्नो एक वर्षे कार्यकाल उत्कृष्ट बनाउने बताइन् ।