झापा, २४ असार । जिल्ला प्रहरी कार्यालय झापाले गृहमन्त्री सुधन गुरुङले काँकडभिट्टा नाकाको निरीक्षणका क्रममा प्रहरी र सशस्त्र प्रहरीका डीएसपी सहितका सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको र प्रहरीको तस्करीमा संलग्नताका बारेमा प्रहरीलाई निगरानीमा राखिएको भन्ने समाचारलाई भ्रामक र निराधार बताएको छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

742208358_1564450972051386_5092205264707003306_n

मिति २०८३/०३/२१ गतेका दिन गृहमन्त्री गुरुङले झापाको काँकडभिट्टा नाकाको निरीक्षण गर्ने क्रममा प्रहरी र सशस्त्र प्रहरीका डीएसपी सहितका सुरक्षाकर्मीको मोबाइल नियन्त्रणमा लिएको तथा प्रहरीको तस्करीमा संलग्नताका सम्बन्धमा प्रहरीलाई निगरानीमा राखिएको भन्ने समाचार पूर्णतया भ्रामक र निराधार रहेको जिल्ला प्रहरी कार्यालय झापाले प्रष्ट पारेको छ ।

fddfdfdfdf

विज्ञप्तिमा, पुष्टि नभएका र आधारहीन सूचना प्रकाशन, प्रसारण वा सामाजिक सञ्जाल मार्फत सम्प्रेषण नगर्न जिल्ला प्रहरी कार्यालय झापाले सबैलाई अपील गरेको छ । साथै, यस्ता भ्रामक समाचारको भ्रममा नपर्न समेत सर्वसाधारणलाई आग्रह गरिएको छ ।