झापा, असार २५ । कोशी प्रदेश सभाको आयोजनामा संसदीय अनुभव आदान–प्रदान तथा उपसभामुख/उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन आजदेखि झापाको बिर्तामोडमा शुरु हुँदैछ ।

बिर्तामोडस्थित होटल सिद्धार्थमा सो राष्ट्रिय सम्मेलन सञ्चालन हुन लागेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र कोशी प्रदेश सभाका सभामुख अम्बर विष्टको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख रुबिकुमारी ठाकुर र राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीको विशेष आतिथ्य रहने भएको छ । कार्यक्रममा सातै प्रदेशका प्रदेश सभाका उपसभामुखहरू र उपाध्यक्षहरू सहभागी बन्ने छन् ।

त्यस्तै कोशी प्रदेश सभाका सचिव, संसद् सचिवालयका उच्च पदस्थ अधिकारीहरू तथा संसदीय मामिलाका विज्ञहरू पनि कार्यक्रममा सहभागी हुने छन् ।

प्रतिनिधि सभाकी उपसभामुख ठाकुर हिजै बिर्तामोड आइपुगेकी छन् । उनी इलाम गएकी छन् । त्यस्तै सातवटै प्रदेशका उपसभामुखहरु राति नै आइसकेको प्रहरीले जनाएको छ ।

fddfdfdfdf

संघीय संसद् र प्रदेश सभाबीचको समन्वय र अनुभव , प्रदेश सभा सञ्चालनमा उपसभामुख/उपाध्यक्षको भूमिका र चुनौतीहरू, कानून निर्माण प्रक्रिया र लैंगिक/समावेशी नेतृत्व लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ । भोलिसम्म चल्ने सम्मेलनले बिर्तामोड घोषणापत्र जारी गर्ने भएको छ ।