बिर्तामोड । भरत प्रसाई,सार्वजनिक वक्तृत्वकला, प्रभावकारी सञ्चार तथा नेतृत्व विकासका क्षेत्रमा क्रियाशील विश्वव्यापी गैर-नाफामुखी शैक्षिक संस्था टोस्टमास्टर्स इन्टरनेशनल (जिल्ला ४१) अन्तर्गतको झापा टोस्टमास्टर्स क्लबले आफ्नो पाँचौँ वार्षिक कार्यक्रम ‘सिम्फोनी ५.०’ भव्य रूपमा सम्पन्न गरेको छ।

सोही अवसरमा टोस्टमास्टर्स वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ।

8888

झापाको बिर्तामोडमा आयोजित विशेष समारोहका बीच नयाँ कार्यसमितिको अध्यक्ष (सभापति) पदमा जानवी खेडिया चयन हुनुभएको छ।

fddfdfdfdf

01नयाँ कार्यसमितिको शिक्षा उपाध्यक्षमा प्रियंका झॅवर, सदस्य उपाध्यक्षमा रिशब सिंह चहर, जनसम्पर्क उपाध्यक्षमा अञ्जु अग्रवाल (बन्सल), सचिवमा कोमल धानुका, कोषाध्यक्षमा विनिता गोयल र सर्जेन्ट एट आर्म्स (सहसचिव) मा दीपा खेडिया चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई डिभिजन 'C' डाइरेक्टर सन्ध्या राठीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

cf9a4fe5-41a2-48b7-babc-bb1c95d0cd78कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित एरिया 'C3' डाइरेक्टर अंकुश अधिकारी (काठमाडौं) र एरिया 'C4' डाइरेक्टर अञ्जु प्रधान (धरान) लगायतको उपस्थिति रहेको   थियो ।

समारोहमा एरिया 'C4' डाइरेक्टर प्रधानले क्लबमा ६ जना नयाँ सदस्यहरूलाई औपचारिक रूपमा सदस्यता प्रदान गर्नुभएको थियो।

03क्लबकी निवर्तमान अध्यक्ष एकता बन्सलले आफ्नो कार्यकालका उपलब्धिहरू प्रस्तुत गर्दै क्लबले प्राप्त गरेको प्रतिष्ठित 'गोल्डेन गेभेल अवार्ड' र 'हल अफ फेम अवार्ड' बारे जानकारी गराउनुभयो।

उहाँले स्थापनाकालदेखि नै क्लबलाई उत्कृष्ट स्थानमा पुर्‍याउन योगदान गर्ने सम्पूर्ण सदस्यहरूको प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष जानवी खेडियाले आफ्नो पदभार ग्रहण गर्दै झापा टोस्टमास्टर्स क्लबलाई प्रत्येक सदस्यले सिक्ने, नेतृत्व गर्ने र आत्मविश्वासका साथ अघि बढ्ने साझा मञ्चका रूपमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा गुणस्तरीय बैठक, प्रभावकारी प्रशिक्षण, सीपमूलक कार्यशाला तथा सदस्य-केन्द्रित कार्यक्रमहरू मार्फत क्लबको विरासतलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रमको अवसरमा वर्षभर उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई विभिन्न वार्षिक अवार्डद्वारा सम्मान गरिएको थियो।

98

औपचारिक सत्रका साथै विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति, लक्की ड्र, सरप्राइज गिफ्ट ह्याम्पर र हाई-टी को समेत व्यवस्था गरिएको उक्त कार्यक्रमको सञ्चालन टोस्टमास्टर्स चञ्चल जी धाती, रिशब सिंह चाहर र अञ्जु बन्सलले संयुक्त रूपमा गर्नुभएको थियो।

नेपालमा सन् १९९१ मा काठमाडौं टोस्टमास्टर्स क्लबबाट सुरु भएको यो अभियान हाल देशभर ८० भन्दा बढी क्लबहरूमा विस्तार भइसकेको छ, जहाँ एक हजारभन्दा बढी सदस्यहरू सक्रिय छन्।

यसै क्रममा झापा टोस्टमास्टर्स क्लबले पनि पूर्वी नेपालमा व्यक्तित्व विकास र नेतृत्व प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।