झापाको अर्जुनधारा नगरपालिकाले ४ र ५ नम्बर जोड्ने बिरिङ खोलाको कज्वेलाई बाढिले क्षति गरेसंगै आसपासका बस्ती जोखिममा परेपछि नगरले कटान रोक्न अग्रसरता लिएको छ । अर्जुनधारा नगरपालिका–४ रातेखाल र अर्जुनधारा–५ पानीकल जोड्ने कज्वे बाढीले भत्काएर बिरिङ खोलाले कटान शुरु गर्दा नजिकै रहेको बस्ती जोखिममा परेपछि नगरपालिकाको अगुवाई त्यसको व्यवस्थापन अघि वढाइएको हो ।
लगातारको वर्षापछि बिरिङ खोलामा आएको बहावका कारण नदी किनारमा कटान सुरु भएपछि आसपासका बस्ती जोखिममा परेका छन्। कटान तीव्र बन्दै गएपछि बस्ती जोगाउन नगरप्रहरी, सुरक्षाकर्मी र स्थानीयवासी संयुक्त रूपमा श्रमदानमा जुटेका छन्।

श्रमदानमा अरिदमन गण चारआलीका सेनानी इरज खड्काको नेतृत्वमा ३५ जना सेना, भीष्म सापकोटाको नेतृत्वमा सशस्त्र प्रहरी बल बेश क्याम शनिश्चरे र खुदुनाबारीबाट २१ जनाको टोली, नगर प्रहरी, स्थानीय र आरआइटी टिमले सामुहिक श्रमदान गरेका हुन् ।














