बिर्तामोड। लिङ्कन मन्टेश्वरी स्कुलका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका प्रथम अध्यक्ष स्वर्गीय सुमन शर्मा जम्मरकट्टेलको पाँचौँ स्मृति दिवसको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण तथा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।

356383c6-697c-4382-be41-108ffb9ea594

स्वर्गीय जम्मरकट्टेलले शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा विद्यालय स्थापनामा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै उहाँको सम्मानमा वृक्षारोपण गरिएको हो। कार्यक्रममा सहभागीहरूले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका आदर्श, दूरदृष्टि र शिक्षाप्रतिको समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरेका थिए।

ad31a3bb-08a7-4f37-97a0-fb1941ebc906

श्रद्धाञ्जली सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा, माधव पराजुली, जमुना पाण्डे, एन–प्याब्सन झापाका उपाध्यक्ष ओम विक्रम नेङ्वाङ,  पत्रकार सन्तोष न्यौपाने , उमेश खतिवडा ,शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा  स्वर्गीय सुमन शर्मा जम्मरकट्टेलले विद्यालयको स्थापना र विकासमा पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहने उल्लेख गर्दै उहाँले देखाउनुभएको मार्गमा हिड्ने प्रतिबद्धता व्यक्त गरे ।