बिर्तामोड । आधुनिक शिक्षासँगै नेपाली मौलिक संस्कार, संस्कृति र परम्परालाई बालबालिकाको दैनिकीसँग जोड्ने उद्देश्यले झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी विद्यालयले शुक्रबार विशेष कार्यक्रमका बिच 'खिर दिवस' मनाएको छ।

विद्यालयले विद्यार्थीहरूलाई खिर खुवाउनुका साथै साउन महिनाको सांस्कृतिक महत्व झल्काउने चुरा र मेहन्दी लगाएर शिक्षालाई संस्कारसँग जोड्ने सन्देश दिएको हो।

7ff84215-346e-4829-a26c-f93b74b3dc3f

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व प्रहरी नायब उपरीक्षक ढुन्डिराज गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

 जनहितमा जारी

प्रमुख अतिथि गिरीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै लिङ्कन  मन्टेश्वरीले बालबालिकालाई संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिरहेको भन्दै प्रशंसा गर्नुभयो।

उहाँले पछिल्लो समय केही विद्यालयहरूले संस्कृतिको वास्तविक मर्म नबुझी देखावटी कार्यक्रम गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै लिङ्कन  मन्टेश्वरीले भने नेपाली मौलिक संस्कारलाई व्यवहारमै उतारेर उदाहरणीय कार्य गरेको बताउनुभयो।

f45451c7-ef1e-4f4d-8bac-23e1d9fdfd05

हाल ८० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा आयोजित कार्यक्रममा द ब्युटी वर्ल्ड का प्रशिक्षक रिमा शिवाकोटीको नेतृत्वमा आठ सदस्यीय टोलीले विद्यार्थीहरूलाई मेहन्दी लगाइदिँदै साउन महिनामा मेहन्दी र चुराको सांस्कृतिक तथा धार्मिक महत्वबारे जानकारी गराएको थियो।

1f87c6fb-395a-4daf-be3e-eace78aee4b3

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका सञ्चालक तथा सञ्चारकर्मी सरोज पौडेलले बालबालिकाको मनोविज्ञानलाई मध्यनजर गर्दै नेपाली संस्कृति, सभ्यता र संस्कारलाई पाठ्य सिकाइसँग जोड्ने उद्देश्यले विद्यालयले बेलाबेलामा यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो।

सञ्चालक पौडेलले विद्यालयको मुख्य लक्ष्य विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई आफ्नो मौलिक पहिचान, संस्कार र सामाजिक मूल्यबोधसमेत सिकाउनु  रहेकाे उहाँले बताउनुभयाे । 

c7414f4f-735d-45fe-bdf6-57841ef4a798

कार्यक्रममा मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, साझा अनलाइनका सम्पादक सन्तोष न्यौपाने, सञ्चारकर्मी उमेश खतिवडा तथा विद्यालयका शिक्षक–शिक्षिका र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका सञ्चालक सरोज पौडेलले गर्नुभएको थियो। विद्यालयले "संस्कारसहितको शिक्षा" भन्ने मूल नारालाई व्यवहारमा उतार्दै आयोजना गरेको खिर दिवस कार्यक्रमले विद्यार्थीहरूमा नेपाली संस्कृति, परम्परा र सामाजिक मूल्यप्रतिको सम्मान बढाउनुका साथै सिकाइलाई अझ जीवनोपयोगी बनाएको सहभागीहरूले बताएका छन्।