झापाको बिर्तामोडमा भएको मेन्स हेयर ग्रुमिङ प्रतियोगिता सिजन–१ को उपाधि हेटौंडाका सुसन लामाले जितेका छन् । झापामै पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको फिनाले शनिवार बिर्तामोडमा भएको थियो । प्रतियोगितामा भएको प्रतिस्पर्धाबाट फष्ट रनरअफ काठमाडौका गणेश चौधरी भए भने सेकेन्ड रनरअफ चितवनका विकाश राना भए ।

प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश नगद ५० हजार, नगद २५ हजार र नगद १५ हजारसहित प्रमाणपत्र र आकर्षक गिफ्ट हेम्परहरु प्राप्त गरेका छन् । यसैगरी हेयर बेष्ट कलर क्रियटिभिटीको उपाधि पनि काठमाडौका गणेश चौधरीले नै हात पारे । उनले १२ हजार ५ सय रुपैंयाँ बराबरको गिफ्टहेम्पर जिते । त्यस्तैे बेष्ट भिडियो क्रियटर चितवनका मिलन गुरुङ भए उनले गिफ्ट हेम्पर प्राप्त गरे ।














