झापा, साउन २१ । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाङटिङ खोलाले बगाएर बुद्धशान्तिका एक वृद्धको मृत्यु भएको छ ।
टाङटिङ खोलाको पुलबाट दक्षिणतर्फ खोलाले बगाएको अवस्थामा बुद्धशान्ति गाउँपालिका वडा नं १ बुधवारे नमूना टोलका ६८ वर्षीय पदमबहादुर लिम्बू थेगिमको शव फेला परेको हो ।
मृतकका छोरा दिनेश लिम्बूले शबको सनाखत गरेका छन् । घटनास्थलको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।














