बिर्तामोड, भरत प्रसाईओमेटो पार्टनर्स बिर्तामोड शाखाको आयोजनामा झापाको बिर्तामोडमा शनिबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कृषि उत्पादन तथा बजारीकरणलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ओमेटो पार्टनर्सले आफ्ना युनिफाइड जिल्ला कमिटीका पदाधिकारी, लाइफटाइम मेम्बर, स्टार्टअप क्लबका सदस्य, ग्राहक सेवा केन्द्रका सञ्चालक, उपभोक्ता तथा स्टार्टअप व्यवसायीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो।

ओमेटो ग्रुप अफ कम्पनीका एक्जुकेटिभ डाइरेक्टर सूर्यबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ओमेटो पार्टनर्सका बिजनेस डाइरेक्टर प्रभु खपाङ्गी र युनिफाइड इकोसिस्टम कोशी प्रदेशका अध्यक्ष अशोक बस्नेत विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

768247960_2011336776519328_2548406796294926016_nकार्यक्रममा विभिन्न जिल्लाबाट गठित युनिफाइड कमिटीका पदाधिकारी, लाइफटाइम मेम्बर, स्टार्टअप क्लबका सदस्य, ग्राहक सेवा केन्द्रका सञ्चालक तथा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 जनहितमा जारी

कार्यक्रमको अध्यक्षता ग्राहक सेवा केन्द्र बिर्तामोडकी अध्यक्ष विशा ल खालिङ राईले गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका सहसंयोजक डिल्लीराम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुष्पा देवी मगरले गर्नुभएको थियो।

कार्यक्रमका बीच स्टार्टअप क्लबका १५ जना लाइफटाइम मेम्बर तथा लाइफ क्लबका दुई जना लाइफटाइम मेम्बरलाई सम्मान गरिएको थियो। यस्तै, इन्डक्सन चुलोका चार जना विजेता, मोबाइलका  ६ जना विजेता तथा ल्यापटपका तीन जना विजेतालाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो।

767031670_3402379453275884_5441553232095132239_n

पुरस्कार तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि ओमेटो ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक सूर्यबहादुर कार्कीले वितरण गर्नुभएको थियो।

कृषि उत्पादन र विश्व बजारीकरणमा जोड

कार्यक्रममा बोल्दै युनिफाइड इकोसिस्टम कोशी प्रदेशका अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि अशोक बस्नेतले कृषि उत्पादन र बजारीकरणलाई मुख्य उद्देश्य बनाएर ओमेटो पार्टनर्सले स्वदेशमै केही गर्न चाहने नेपालीलाई अवसर प्रदान गरिरहेको बताउनुभयो।

उहाँले नेपालमा उत्पादन भएका कृषिजन्य तथा दैनिक उपभोग्य वस्तुलाई विश्व बजारसम्म पुर्‍याउँदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने कम्पनीको मुख्य उद्देश्य रहेको बताउनुभयो।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै रोजगारी सिर्जना र उत्पादनलाई बजारसँग जोड्ने काममा कम्पनी केन्द्रित रहेको उहाँको भनाइ थियो।

ओमेटो ग्रुप अफ कम्पनी २०७२ साल वैशाख ३१ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आएको कम्पनी हो। कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ स्थित पानीपोखरीमा रहेको छ।

नेपाल सरकारको कम्पनी रजिस्ट्रारको कार्यालय तथा सम्बन्धित निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा आएको कम्पनीले आईएसओ ९००१– २०१५ सम्बन्धनसमेत प्राप्त गरेको जनाएको छ।

नेपाली मौलिक कम्पनीका रूपमा रहेको ओमेटोले विशुद्ध कृषिजन्य उत्पादनमार्फत रोजगारीसँग जोड्ने तथा उत्पादित वस्तुको प्रत्यक्ष खरिद–बिक्री गर्ने कार्य गर्दै आएको छ।

कम्पनीले ‘म जे गर्छु नेपालमै गर्छु, नेपालमा जन्मिएर नेपालमै फुल्नेछु’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै स्वदेशी उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको जनाएको छ।

कम्पनीको दीर्घकालीन योजनाअन्तर्गत वस्तुको प्रत्यक्ष बिक्री प्रणालीसम्बन्धी ऐन २०७४ तथा नियमावली २०७६ अनुसार नेपाल सरकारको कम्पनी रजिस्ट्रारको कार्यालय तथा सम्बन्धित विभागबाट अनुमति प्राप्त गरी कम्पनी सञ्चालनमा आएको बताइएको छ।

कोशी प्रदेशमा आठ ग्राहक सेवा केन्द्र

ओमेटो पार्टनर्सले हाल देशभर ४० भन्दा बढी ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको जनाएको छ। कोशी प्रदेशमा मात्रै आठवटा ग्राहक सेवा केन्द्र सञ्चालनमा रहेका छन् भने प्रदेश कार्यालय इटहरीमा रहेको छ।

कोशी प्रदेशअन्तर्गत इटहरीमा प्रदेश कार्यालयसहित उदयपुरको गाईघाट, खोटाङको दिक्तेल, धनकुटा, सुनसरीको धरान, मोरङ, झापा दमक र बिर्तामोडलगायतका क्षेत्रमा ग्राहक सेवा केन्द्र विस्तार भइसकेका छन्।

कम्पनीले निकट भविष्यमै कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुङ्गा र सोलुखुम्बुलगायतका जिल्लामा समेत ग्राहक सेवा केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ।

कम्पनीका कार्यकारी निर्देशक सूर्यबहादुर कार्कीले आगामी दिनमा कोशी प्रदेशका सबै जिल्लासम्म सेवा विस्तार गर्दै स्थानीय उत्पादन, रोजगारी र बजारलाई एकीकृत गर्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा वक्ताहरूले स्वदेशी उत्पादनलाई प्रोत्साहन, कृषि उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास तथा रोजगारी सिर्जनाका लागि निजी क्षेत्र र उपभोक्ताबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

ओमेटो पार्टनर्स बिर्तामोड शाखाको आयोजनामा सम्पन्न कार्यक्रमले कम्पनीसँग आबद्ध सदस्य, उपभोक्ता तथा स्टार्टअप व्यवसायीलाई थप उत्साह र प्रोत्साहन प्रदान गरेको आयोजकले जनाएको छ।