बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको पाथिभरा भजनकीर्तन मण्डलीले संस्कार, संस्कृति तथा धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

मण्डलीकी अध्यक्ष मिरा ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीकृष्ण जन्मोत्सवसँगै विभिन्न श्रृङ्गारिक कृष्ण भजन तथा भक्तिमय गीत प्रस्तुत गरिएको थियो। भजन गायक–गायिकाहरूले कृष्णसँग सम्बन्धित भजन प्रस्तुत गर्दा कार्यक्रमस्थल भक्तिमय बनेको थियो।

श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमको आयोजना मण्डलीकी कार्यसमिति सदस्य धनमाया भट्टराई र परिवारले गरेका थिए। कार्यक्रममा उपस्थित भक्तजन तथा आमन्त्रित अतिथिहरूले भजनकीर्तनसँगै श्रीकृष्णका विभिन्न लीला र धार्मिक प्रसङ्गको स्मरण गरेका थिए।

पाथिभरा भजनकीर्तन मण्डलीले धर्मजागरण, संस्कार–संस्कृतिको संरक्षण तथा सामुदायिक एकता अभिवृद्धि गर्ने उद्देश्यले विगत तीन वर्षदेखि नियमित रूपमा भजन श्रवण तथा कीर्तन कार्यक्रम सञ्चालन गर्दै आएको मण्डलीकी सहकोषाध्यक्ष तुलसा कडरिया पाठकले बताइन्।

bharat don

मण्डलीले निरन्तर रूपमा भजनकीर्तन कार्यक्रम गर्दै आएपछि विभिन्न उत्सव तथा धार्मिक कार्यक्रममा भजनसन्ध्या आयोजना गर्न अन्य टोल विकास समिति तथा संघसंस्थाबाट समेत निमन्त्रणा आउन थालेको उनले जानकारी दिइन्।

श्रीकृष्णसँग सम्बन्धित श्रृङ्गारिक राधालीला लगायतका भजनमार्फत उपस्थित भक्तजन तथा आमन्त्रित अतिथिलाई भक्तिमय वातावरणमा रमाउन पाउँदा आफूलाई खुसी लागेको आयोजक धनमाया भट्टराईले बताइन्।

कार्यक्रमको सहजीकरण मण्डलीका सचिव भरत  प्रसाईले गरेका थिए।

कृष्ण जन्माष्टमी विशेष भजनकीर्तन कार्यक्रममा मण्डलीको कार्यसमितिका तर्फबाट सहसचिव मदन पाठक, कोषाध्यक्ष अन्जु मैनाली, वरिष्ठ सल्लाहकार पवित्र प्रसाई, सदस्यहरू सिमा थपलिया, दामोदर गौतम, धनमाया मैनाली, शिवांश पाठक, सन्दिप ढकाल, आशुतोष कडरिया, निशा पाठक र दिपा पाठक लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, निवर्तमान अध्यक्ष सावित्रा अधिकारी, अर्पिता अधिकारी, कल्पना बराल, निकिता थपलिया लगायत आयोजकद्वारा आमन्त्रित अतिथिहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

धार्मिक तथा सांस्कृतिक पर्वलाई केवल पूजाआजामा सीमित नराखी भजन, कीर्तन र सामूहिक सहभागितामार्फत नयाँ पुस्तामा संस्कार तथा संस्कृति हस्तान्तरण गर्ने अभियानमा पाथिभरा भजनकीर्तन मण्डली सक्रिय देखिएको छ।