भरत प्रसाई, जलथल । ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइयो ।

2

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ ।यता झापामा पनि फरक जैविक विविधता बोकेको ६१ सय हेक्टर क्षेत्रफलमा फैलिएको जलथल जङ्गललाई संरक्षण गर्दै आएको पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुहले जीवन्त माटो स्वस्थ्य जीवन भन्ने नाराका साथ जङ्गल सफारी अभियान सञ्चालन गरेको थियो ।

3

हल्दिबारी ४ झापामा केन्द्रिय कार्यलय रहेको जङ्गलका २२ सामुदायिक वन उपभोक्ता समुह रहेका छन् ।

जलथल जङ्गल जैविक विविधताको हिसाबले एसियाकै विशिष्ट रहेको पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सागर पोर्तेलले जानकारी दिनुभयो ।

नेपालमै पाइने दुर्लभ ६०० प्रजातिका वनस्पतिहरु मध्ये करिब १५० प्रजातिका बनस्पति जलथल जङ्गलमा पाईने उहाँले बताउनुभयो ।

अध्यक्ष पोर्तेलले नेपालकै लोपोन्मुख थाकल, चुहेल, वन सुपारि वन सुन्तला, वन आँप लगायत विभिन्न फलफुल र बनस्पतिको पाईने यस क्षेत्रलाई जैविक पर्यटन स्थल बनाउन वन उपभोक्ता समिति लागि परेको बताउनु भयो ।

जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ ।

जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घरसङ्गठनका तर्फबाट हाइकिङ, ¥याली, गोष्ठी, अन्तक्रियालगायतका चेनतामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ । जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रुपमा चिनिन्छ ।