बिर्तामोड, असोज १८ — नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (CNIYEF) कोशी प्रदेशको तेस्रो वार्षिक साधारणसभा बिर्तामोडस्थित होटल किङ्सबरीमा एक भव्य समारोहबीच सम्पन्न भएको छ। उद्योग, व्यवसाय तथा युवा उद्यमशीलताको क्षेत्रमा क्रियाशील युवाहरूको उल्लेख्य सहभागिता रहेको यस साधारणसभाले संस्थाको तेस्रो वर्षको समीक्षा गर्नुका साथै रजत सहेवालाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। साथै, कार्यक्रममा संस्थाका नयाँ सदस्यहरूलाई समेत औपचारिक रूपमा स्वागत गरिएको छ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामप्रसाद महतोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा CNI का राष्ट्रिय अध्यक्ष सुगम घिमिरे, CNI कोशीका अध्यक्ष पवन सारडा, उपाध्यक्ष भीम घिमिरे तथा प्रमुख सल्लाहकार महेश जाजु लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्य रहेको थियो।

कार्यक्रमको बन्द सत्रले रजत सहेवालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको लर्निङ चेयरमा केशव राठी, को-लर्निङमा शरद जोशी, फाइनान्स चेयरमा संकेत बंसल, मेम्बरसिप चेयरमा जितेश अग्रवाल र को-मेम्बरसिपमा धडकन कट्टेल चयन भएका छन्। त्यसैगरी, मिडिया एण्ड कम्युनिकेसनमा सुशान्त न्यौपाने, स्टार्टअप एण्ड आईटीमा आयुष भगत, ग्रोथ एण्ड एक्स्पान्सनमा कुणाल शाह, रिलेसन एण्ड एलायन्समा अश्विनी गोल्छा तथा इन्टरनेसनल रिलेसनको जिम्मेवारी तुषार तोदीले सम्हाल्ने भएका छन्।

साधारणसभाको अवसर पारेर CNIYEF कोशीको परिवारमा नयाँ व्यावसायिक ऊर्जा थप्ने उद्देश्यले नयाँ सदस्यहरूलाई स्वागत गरिएको छ। यसरी जोडिने नयाँ सदस्यहरूमा साहिल जोडानी, पियुष अग्रवाल, पियुष कोठारी, देव गोयल, अमन अग्रवाल, रियाज ढकाल, प्रवास थापा मगर, आइरिस राज पोखरेल, टोपबहादुर खड्का, गौरव धनुका, गौरव श्रेष्ठ र निराग गौतम रहेका छन्।

कार्यक्रमका वक्ताहरूले वर्तमान आर्थिक अवस्थामा युवा उद्यमीहरूको क्षमता विकास, स्टार्टअपहरूको प्रवर्द्धन, नवीन लगानी तथा व्यावसायिक सहकार्यको विस्तारमा जोड दिनुपर्ने बताएका थिए। कोशी प्रदेशमा थप अनुकूल र सबल उद्यमशील वातावरण निर्माण गर्दै युवाहरूलाई व्यवसायतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।