देव बाँस्काेटा, बिर्तामोड  ।  साहित्यकार विजय खरेलको  नेपाली झर्रा शब्द सङ्ग्रह बिमोचन गरिएको छ । साहित्य चौतारी झापाको मासिक साङ्गीतिक काव्य सभाको अवसरमा शनिबार उक्त सङ्ग्रह बिमोचन गरिएको हो ।

IMG_2028

साहित्यकार खरेलका अनुसार शब्द सङ्ग्रहमा ३० हजार दुई सय ४० शब्द समेटिएको जानकारी दिनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार चूडामणि रेग्मीले शब्द सङ्ग्रह बिमोचन गर्नु भएको हो ।

कार्यक्रममा साहित्यकार तथा वरिष्ठ अधिवक्ता लीला उदासीको मेरो लिम्पियाधुरा नामक कविता सङ्ग्रहमाथी परिचर्चा गरिएको छ ।

IMG_2009 2

साहित्यकार उदासीका अनुसार कविता सङ्ग्रहमा ३३ वटा कविता संग्रहित छन् । कार्यक्रममा उदासीले मेरो लिम्पियाधुरा नामक कविता वाचन गरेर सुनाउनु भएको थियो ।

साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले अग्रज साहित्यकारहरुको कृति विमोचन र चर्चा परिचर्चा गर्न पाउँदा साहित्य चौतारी परिवार हर्षित भएको बताउनु भयो ।

उदासीको कविता सङ्ग्रहमाथि साहित्यकार पुन्यप्रसाद खरेलले परिचर्चा गर्नु भएको थियो । साहित्य चौतारीका संरक्षक श्रष्ठले स्वागत गर्नू भएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव खगेन्द्रा खुसीले गर्नु भएको थियो ।

IMG_1996

साहित्य चौतारीको अघिल्लो  काब्य सभाबाट उत्कृष्ट छनोट भएकाहरु मध्ये  प्रथम विद्या सिग्देल, द्तिय प्रकाश गौतम, तृतीय जिना अधिकारी र चौथो प्रमोद दाहाल  हुनुभएको थियो । 

कार्यक्रममा साहित्यकार जिना अधिकारी, प्रकाश गौतम, प्रमोद दाहाल विद्या सिग्देल, सविना सिटौला लगायतले विभिन्न छन्द र रसका कविता वाचन गरेका थिए ।