काठमाण्डौ । 'सरकारले 'क्षयरोगमुक्त नेपाल अभियान' अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि एक अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आउँदो आर्थिक वर्ष २०८०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्यामा विस्तार गरी पोखरा, सुर्खेत, डोटी र भरतपुरमा निर्माणाधीन प्रादेशिक सरुवा रोग अस्पताल आउँदो वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने बताउनुभयो ।
सरुवा रोग अस्पताल निर्माण एवम् विस्तारका लागि बजेटमा ४६ करोड रुपैयाँ विनियोजनसमेत गरिएको छ ।














